फागुन ४ गते ‘राष्ट्रिय संगीतकर्मी अवार्ड २०७५’ हुने
काठमाडौँ । राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला कार्यसमिति नवलरासीले आउँदो फागुन ४ गते ‘राष्ट्रिय संगीतकर्मी अवार्ड–२०७५’ को आयोजना गर्ने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गरेर उक्त अवार्डको आयोजना गर्न लागेको जानकारी जानकारी दिइएको हो ।
संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले पश्चिम नवलपरासीको बर्दघाटमा फागुन ४ गते सम्पन्न हुने ‘राष्ट्रिय संगीतकर्मी अवार्ड–२०७५’ को संरक्षकमा रहेर केन्द्रीय समितिले सक्दोसाथ दिने विश्वास दिलाए ।
उनले भने,‘राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनपछि हामीले देशभरि नै संगीतको क्षेत्रमा नयाँ आयमसहितको मुभमेन्ट लिएर अघि बढ्ने संकल्प गरेका छौं, नवलपरासीले चाहेको खण्डमा प्रत्येक वर्षमा राष्ट्रिय संगीतकर्मी अवार्ड सम्पन्न गर्न सक्नेछ, केन्द्र शाखाहरुको संरक्षक भएको नाताले सहकर्मी भएर साथ दिन तयार छ, केन्द्रले गर्न नसकेको कार्य पश्चिम नवलपरासीको बर्दघाटमा जिल्ला कार्यसमिति नवलपरासीले गर्दैछ, यो कार्यका लागि अध्यक्ष राधा तिवारीलाई धन्यवाद र बधाईछ ।’
राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला कार्यसमिति नवलरासीकी अध्यक्ष भानुमती तिवारी (राधा) ले ‘राष्ट्रिय संगीतकर्मी अवार्ड २०७५’ निष्पक्ष र बिबादरहित हुने बताएकी छन् । उनले भनिन्,‘यहाँभन्दा पहिलेका अवार्डहरुले समाजमा नकारात्मक सन्देश प्रवाह गरेका छन्, अब हामीले यो अवार्डबाट संगीत क्षेत्रमा ईमानदार र सच्चा कलाकारहरु पनि छन् भन्ने सन्देश प्रवाह गर्छौं ।’
उनले अघि थपिन्,‘आउँदो फागुन ४ गते नवलपरासीको वर्दघाटमा यो अवार्डको आयोजना गरेका छौं, यस कार्यमा सबैलाई आफ्नो स्थानबाट साथ दिनको लागि आग्रह गर्दछु, अवार्डहरुमा सर्वोत्कृष्ट राष्ट्रिय गीत, सर्वोत्कृष्ट लोक गीत, सर्वोत्कृष्ट लोक दोहोरी गीत, सर्वोत्कृष्ट आधुनिक गीत, चलचित्र गीत, बाद्यबादक, सर्वोत्कृष्ट रचनाकार, सर्वोत्कृष्ट संगीतकार, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट गजललगायत ४० विधामा अवार्ड वितरण गरिनेछ ।’
मंसिर १५ गतेदेखि सूरु भएको अवार्ड फर्म वितरण माघ १५ गतेसम्म खुल्ला रहने जानकारी दिँदै अध्यक्ष तिवारीले भनिन्,‘आजका मितिसम्म नौं सय जति कलकारहरुले आफ्ना सिर्जनाहरु दर्ता गराउनु भएको छ, विषेशगरी दोहोरी क्षेत्रका कलाकारहरुले फर्म भर्नुभएको छ, एउटा विधाको पाँच सय, एल्बमको दर्ता दुई हजार शुल्क राखेका छौं ।’
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका वरिष्ठ उपाध्यक्ष नमराज ढुङ्गना, राष्ट्रिय संगीतकर्मी संघ, नवलपरासीका उपाध्यक्ष सन्तु गाहा, लोक संञ्चारकर्मी नेपालका उपाध्यक्ष चन्द्रमणी गौतम लगायतले उक्त ‘राष्ट्रिय संगीतकर्मी अवार्ड २०७५’ बारेमा आफ्ना कुराहरु राखेका थिए ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












