‘पुख्र्यौली लोकनाच : एक चिनारी’ पुस्तक विमोचन
बुटवल । रुपन्देहीको देवदह–१० भलुहीमा प्रतिभा पुनद्वारा लिखित ‘पुख्र्यौली लोकनाच ः एक चिनारी’ नामक पुस्तकको विमोचन गरिएको छ । साथै कलाकार सुनिल रञ्जितको ‘पुख्र्यौली लोकनाच’ शीर्षकको चित्रकला प्रदर्शनी यहाँ सम्पन्न भएको छ ।
अनुसन्धाता मेजन पुन तथा लेखक प्रतिभाको संयोजकत्वमा पुन समाज रुपन्देहीद्वारा आयोजित सो कार्यक्रम करबाकेलीलाई आफ्नो कुल सम्झेर पूज्ने पर्वका दिनको अवसर पारेर आयोजना गरिएको थियो ।
विविध विधाको खोज, अध्ययन, अनुसन्धान तथा प्रकाशनका लागि शुरु गरिएको यो अभियानलाई देशका विभिन्न जिल्ला तथा विदेशका विभिन्न स्थानमा लैजाने कार्यक्रमका संयोजकद्वय मेजन पुन र प्रतिभा पुनले बताउनुभयो । आधुनिक शैलीका २९ वटा तेल रङ्गका चित्र प्रदर्शनीमा राखिएको थियो । धौलागिरी क्षेत्रमा विशेषत पुन मगर जातिमा देखाइने सोरठी नाच सो अवसरमा प्रदर्शन गरिएको थियो । विशेषत जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कार, संस्कृति, चाडपर्व, मेला आदिमा यो नाच प्रस्तुत गरिन्छ ।
वरिष्ठ कलाकार शशी शाह पुख्र्यौली नाच शृङ्खलाका चित्रहरु अवलोकन गर्दै चित्रकलाका हरेक विधामा पोख्त रञ्जितको हात मूर्तिकलामा पनि निकै दरो रहेको बताउनुहुन्छ । वरिष्ठ कलाकार उत्तम नेपाली कुनै व्यक्तिको सोचमा देशको संस्कृति र सामाजिक परम्पराको प्रभाव पर्नु स्वाभाविक प्रक्रिया रहेको भन्दै कलाकार रञ्जितको ‘पुख्र्यौली नाच’ प्रदर्शनीमा राखिएका चित्रहरूमा नेपाली संस्कृतिलाई कलात्मकरूपले अभिव्यक्त गरिएको पाइएको बताउनुहुन्छ ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











