कला कोर्दै समुद्रदेखि पहाड हुँदै हिमालसम्म क्षेत्रलाल
पोखरा । “आफ आफैँ कोरिंदै जाने यी रंगका रेखाहरू
हात खुट्टा त के शरीरै बिना पनि
मुटुको स्पन्दनमा बाँचिरहने
कींदन्त्यको कथा हो कि
एउटा कलाकार ।”
उमेरले ७६ वर्ष लागिसकेका पोखरेली कलाकार क्षेत्रलाल कायस्थको कलाकारिता समेटेर सन् २००७ मा प्रकाशित ‘द एडभेन्चर अफ मोर्डन आर्ट’ पुस्तकमा उहाँ स्वयंले कवितामार्फत व्यक्त गरेको कलाकार प्रतिको स्पष्टोक्ति हो यो । जीवन जगतका प्रत्यक्ष एवं अप्रत्यक्ष वास्तविकता र भोगाइलाई कलाका माध्यमबाट प्रस्तुत गर्ने कायस्थ अहिले पनि उत्तिकै कला साधनामा तल्लिन हुनुहुन्छ ।
आफ्नो चुलबुले बाल्यकालमा ढुङ्गाका छपनीमा चित्र कोर्दै कलाप्रति लोभिएका कायस्थले यसबीचमा अष्टे«लियाको समुद्री किनारादेखि उपल्लो मुस्ताङको लोमन्थाङलगायतका हिमाली स्थानमा समेत बसी कला सिर्जना गरिसक्नुभएको छ । पिता जुद्धलाल र माता धाँतीमायाबाट सन् १९४६ नोभेम्बर १७ मा जन्मेका कायस्थले भारत, बङ्गलादेशलगायतका देशमा त्यही पुगेर कला सिर्जना गरिसक्नुभएको छ ।
हालसम्म १२ औं एकल चित्रकला प्रदर्शनी गरिसकेका कायस्थका साना ठूला गरी भण्डै एक हजारभन्दा बढी कला सिर्जना तयार भैसकेका छन् ।
पहिलोपटक २०२० सालमा जल रङ्गमा तयार गरेको गौरीघाट पोखराको परिवेशमा गाग्री बोकेर आएकी महिलाको तस्वीर आफ्नो औपचारिक कलायात्राको पहिलो प्रस्तुति भएको बताउँदै उहाँले प्रकृति, सामाजिक जीवनका यावत पक्षलाई कलामा कोर्ने गरेको अनुभव सुनाउनुभयो । “म कतै घुम्न जाँदा मन छुने कुनै दृश्य देखें भने त्यहीँ घोत्लिएर कला कोर्न मन लाग्ने गर्दछ, तत्कालै कोर्न बस्छु पनि,”–आफ्नो अनुभव सुनाउँदै उहाँले भन्नुभयो ।
उपल्लो मुस्ताङ जाँदा त्यहाँका प्रकृतिका विविध पक्षले आफ्नो मनलाई खिचेको बताउँदै उहाँले त्यहाँका रङ्गीविरङ्गी पहाड र भूबनोटलाई आफ्ना कलामा चित्रित गरेको बताउनुभयो ।
अष्ट्रेलियाको दुई महिनाको घुमाइमा उहाँले त्यहाँका ब्ल्यु माउन्टेनस्थित थ्री सिस्टरलगायतका स्थान परिवेशलाई कलामा कोर्नुभएको छ ।
यसबीचमा छोम्रोङ, घान्द्रुक, ल्वाङघलेल, सिक्लेस, पर्वतीय सङ्ग्रहालय, भुज्रुङलगायतका स्थानमा पुगी त्यहीँ बसेर कला साधना गरिसक्नुभएको छ ।
विसं २०३०÷३२ तिर दुर्गा बराल, बुद्धि गुरुङ, गोपाल श्रेष्ठ, आलोक गुरुङलगायतका कलाकारको संगतमा आएका कायस्थले २०४० सालमा आलोक, बुद्धि, महेन्द्रराज भण्डारीलगायतसँग सामूहिक रुपमा घान्द्रुकमा पुगी कला सिर्जना गर्नुभएको थियो ।
त्यस यता व्यक्तिगत एवम् सामूहिक रुपमा ठाउँठाउँमा पुगी कला कोरेको उहाँको अनुभव छ । विसं २०२८ देखि निरन्तर ३५ वर्ष पृथ्वीनारायण क्याम्पसमा प्रशासनतर्फ सेवा गरेका कायस्थ सन् १९९८९विसं २०५५तिर० ललितकला सान्त्वना पुरस्कार, सन् २००० ९विसं २०५७ तिर० राष्ट्रिय प्रतिभा पुरस्कार, २००१ ९विसं २०५८ तिर० ललितकला पुरस्कारका साथै सन् २०१३ ९विसं २०७० तिर० रोटरी क्लब अफ पोखरा फिष्टेलबाट भोकेशनल अवार्डलगायतबाट सम्मानित भइसक्नुभएको छ ।
कायस्थको निरन्तरको कला साधनालाई दृष्टिगत गरी उहाँका छोराहरू नीरज, सुरज र सरोजसहित परिवारजनको विशेष सक्रियतामा कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान समेत गठन गरिएको छ ।
प्रतिष्ठानमार्फत पोखराका बालमन्दिर, कन्या, ज्ञानभूमी, नविन, महेन्द्र र नवप्रभात स्कुलमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई कला सिकाउनका लागि दुई जना कला शिक्षकको व्यवस्था गरिएको छ ।
कला शिक्षकको सम्पूर्ण पारिश्रमिक प्रतिष्ठानले व्यहोर्ने र उनीहरूले प्रत्येक विद्यालयमा हप्ताको एक दिन कला विषयको कक्षा लिने व्यवस्था मिलाइएको छ । कायस्थको आगामी फागुन महिनामा कला सिकेका तिनै विद्यालयका विद्यार्थीसँग सामूहिक कला प्रदर्शनी गर्ने योजना पनि छ ।
कला क्षेत्रको विकासका लागि काम गर्ने ध्येयका साथ स्थापित प्रतिष्ठानले कला शिक्षाको विकासलगायतका क्षेत्रमा आफ्नो कामहरू थालिसकेको प्रतिष्ठानका अध्यक्ष लोकप्रसाद गुरुङले बताउनुभयो ।
कला क्षेत्रको विकासलाई लक्ष्य गरी प्रत्येक दुई वर्षका बीचमा रु ५० हजारको पुरस्कारसहित कला साधकलाई सम्मान गर्ने लक्ष्य राखेकोमा उक्त सम्मान अर्को वर्षको मङ्सिरमा गर्ने प्रतिष्ठानले जनाएको छ । रासस
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












