चुरीफुरी डटकम मार्फत ‘गैडा’को धमकेदार इन्ट्रि, यस्तो बनेर आयो ट्रेलर (भिडियोसहित)
काठमाडाैं । तितो सत्य हास्य टेलि श्रृङखलाबाट गैडा नामबाट परिचित भएका कलाकार निर्मल शर्मा र कमलकान्त मैनालीको संयुक्त निर्देशनमा ‘चुरीफुरी डटकम’ वेब सिरिज आउने भएको छ ।
हास्य क्षेत्रका बादशाह मानिने गैडा केहि समय टेलिसिरियलबाट टाढा रहेपनि फेरि चुरीफुरी डटकमबाट फर्कन लागेका हुन् । न्युज-नेपालससँग कुराकानी गर्दै गैडाले भने, राजनीतिदेखि सामाजीक कामहरुसम्म हाम्रो प्राथमिकताका विषय हुनेछन् । समाजमा घट्ने घटना र सामाजीक वेतिथिलाई मनोरञ्जनात्मक शैलीबाट उतार्ने कोसिस चुरीफुरी डटकमले गर्नेछ । चुरीफुरी डडटकम मनोरञ्जनको लागि मात्रै नभइ तिखो व्यङ्ग्य र जनताको आवाजलाई सचित्र उतार्ने हुनेछ भन्ने विश्वास लिएका छाैं ।
गैडाले थपे, चुरीफुरी डटककम छिट्टै छायांकनमा जानेछ । तयारी करिब पुरा भएको छ । हाम्रो वेब सिरिज बोधी एचडीको युट्युब च्यानबाट प्रशारण हुनेछ ।
भर्खरै लञ्च बइको चुरीफुरी डटकमको ट्रेलरको भिडियोमा कलाकारहरु गजीत बिस्ट, रजनी केसी, केशब भट्टराई, कमलकान्त मैनाली, शिवहरी आचार्य, निर्मल शर्मा, मुकुन्द मैनाली, कबी ज्यू, रबी शर्मा घाटो, सुनीता श्रेष्ठ, स्वनीका बास्तोला, रितु, अस्मीता खनाल, रामेश्वर केसी, सुभाष गजुरेललाई फिचरिङ गरिएको छ । भने यहि समुहले कलाको माध्यमबाट मनोरञ्जनका साथै जानकारी दिनेछ ।
यस्तै, ट्रेलरमा शान्तीप्रीयको शब्दमा बरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटाको सङ्गीत र आवाजलाई सुदीप सागरले अरेञ्ज गरेका छन् । सङ्गीतकार शम्भुजीत बास्कोटालाई पनि ट्रेलरमा हेर्न सकिन्छ । यस्तै राजु केसीको छायाङ्कन तथा बिजी बीका गौतम राज खड्काले यसको सम्पादन गरेका हुन् ।
ट्रेलर यस्तो छः
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए नयाँ गित (भिडियोसहित)
काठमाडाैं । चर्चित गायक घमेस दुलाल र रिता कुलुको आवाजमा मत पलास बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। पुकार...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...












