‘दाल भात तरकारी’ शिर्ष गीत विज्ञापनको प्याकेज, यस्तो आरोप खेप्दै निर्माण युनिट (भिडियोसहित)
काठमाडाैं । मह जोडिको चलचित्र ‘दाल भात तरकारी’को शिर्ष गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मह संचारको युट्युब च्यानलबाट सार्वजनिक भएको दाल भात तरकारी बोलको गीतमा झण्डै २६ सेकेन्ड विज्ञापन गरिएको छ । ४ मिनेट २६ सेकेन्डको गीतमा २६ सकेन्ड सानिमा बैंक, शिवम सिमेन्ट, रुस्लान एफ एम, होन्डा, प्रिज्मा स्मार्ट टिभि र हाम्रो पात्रोको विज्ञापन देखिन्छ ।
राजेश पायल राई र प्रचण्डकी नातिनी स्मिता दाहालको स्वर रहेको गीतमा हरिवंश आचार्यको लय तथा शब्द रहेको छ भने शम्भुजित बास्कोटाको संगित रहेको छ । यस्तै, गीतमा हरिवंश, निरुता, पुष्प र आचलल अभिनय गरेका छन् । गीत भने युट्युबको ट्रेन्डिङ १० ओगटेर बसेको छ ।
यद्यपी गीतमा प्रयोग गरिएकको विज्ञापनले दर्शक श्रोताको अधिकार भने हनन गरेको भन्ने आवाज उठ्न थालेको छ । छोटो भिडियोमा यत्ति लामो विज्ञापन हाल्दा फिल्म निर्माण युनिटलाई पैसा कमाउने धन्दामा लागेको भन्दै आरोप समेत लाग्न थालेको छ ।
फिल्म पैसा कमाउने बाटो मात्र नभएर सामाजिक चेतना दिने माध्यम हो भन्ने मान्यता स्थापित गर्नुको सट्टा पैसा कमाउ धन्दामा लाग्नु कत्तिको जायज हो भन्ने प्रश्न भने उब्जेको छ ।
हेर्नुहोस् भिडियोसहितः
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











