प्रचण्ड भन्छन्ः राजनीतिमा जस्तो गीतसंगितमा विभेद हुँदैन, मैले पनि युवास्थामा खुवै गीत गाएको छु
काठमाडाैं । गीत संगितले कुनै पनि क्रान्ति वा संघर्षलाई उत्कर्षमा पुर्याउनका लागि अहम भुमिका खेल्ने नेकपा अध्यक्ष प्रचण्डले दाबी गरेका छन् । ०६२/०६३ को जनआन्दोलनको स्मरण गर्दै गीत,संगित र साहित्यको भुमिका अत्यन्तै प्रभावकारी हुने उनले जनाएका हुन् ।
आफुले समेत युवास्थामा गीत खुवै गाएको स्मरण गर्दै प्रचण्डले भने, ‘जनआन्दोलनको क्रममा समेत गीतले ठूलो भुमिका खेलेको थियो । कोहि नेता मैले देख्दैनथ्ये । जसले गीत गाउदैनथ्यो । जानेपनि नजानेपनि । मिलेपनि नमिलेपनि गीत गाउनै पर्थ्यो र गीत गाएर जनतालाई, कार्यकर्तालाई प्रभावित बनाउन पर्थ्यो । मैले जेबी जी लाई भन्ने पनि गरेको छु । गीतले जनतालाई क्रान्तिको मार्गमा ल्याउन सहयोग गर्छ ।’
राजधानीको प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजिय जेबी टुहुरे एकल साँझ कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
यस्तै, प्रचण्डले राजनीतिमा जस्तो गीतमा कुनै किसिमको विभेद नहुने समेत दाबी गरेका छन् । जेबी टुहुरे ७५ वर्षको उमेरसम्म अनवरत गीत संगितमा लागेकोमा खुशी व्यक्त गर्दै प्रचण्डले कार्यक्रम सफलताको शुभकामनाका साथै धन्यवाद समेत दिए ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











