जेठ ३ मा वर्षा राउत भर्षेस बर्षा सिवाकोटीको भिडन्त
काठमाडौं – नेपाली फिल्ममा अभिनेत्रीको भाग्य फिल्मको कमाइ र सफलतासँग जोड्ने गरिन्छ । अभिनेत्री वर्षा राउत र बर्षा सिवाकोटीका हकमा यो तुलनात्मक विश्लेषण हुने गरेको छ ।
यी दुई अभिनेत्रीलाई एक अर्कोको प्रतिस्पर्धीका रुपमा समेत चर्चा गर्ने गरिन्छ । सायद त्यसैले पनि होला यी अभिनेत्रीलाई एकै फिल्ममा देख्न पाइन्न । तर एकले छोडेको फिल्म अर्कोले गर्न भने तयार रहन्छन् ।
एकै फिल्म देख्न नपाइएका यी दुई अभिनेत्री बिच भने ब्यवसायिक प्रतिस्पर्धा हुने भएको छ । आगामी जेठ ३ गतबाटे रिलिज हुन लागेका दुई फिल्म ‘वीर बिक्रम २’ र ‘जात्रौ जात्रा’ मार्फत यी दुबै बर्षा बिच प्रतिस्पर्धामा हुने देखिएको हो ।
‘वीरविक्रम–२’ मिलन चाम्सको निर्देशन रहेको फिल्म हो । फिल्ममा बर्षा सिवाकोटी, पल शाह, नाजीर हुसेन, बुद्धि तामाङलगायतको मुख्य भुमिका रहेको छ ।
चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको फिल्मको निर्माता अर्पण सापकोटा हुन्, भने रञ्जिता शिवाकोटी सह–निर्माता रहेकी छन् ।
‘जात्रौ जात्रा’ भने प्रदीप भट्टराइले निर्देशन गरेको फिल्म हो । विपिन कार्की, रवीन्द्र झा, रवीन्द्र सिंह बानिया, दयाहाङ राई, बर्षा राउतको अभिनय रहेको छ ।
एकै मितिमा प्रदर्शनमा आउने यी दुई फिल्म रिलिज लिएर भागवन्डा अनुमान गर्ने हो भने ‘जात्रै जात्रा’ले हल तथा दर्शक बढी पाउने अनुमान धेरैको छ ।
चलचित्र भवनले पनि ‘वीर बिक्रम २’को तुलनामा ‘जात्रै जात्रा’लाई बढी शो दिने अनुमान गर्न सकिन्छ । दुवै सिक्वेल भए पनि ‘जात्रै जात्रा’को अघिल्लो सिक्वेलले ‘वीर विक्रम’ भन्दा बढी चर्चा र पैसा कमाउ सफल भएको थियो । प्रचारको कुरो गर्ने हो भने जात्रै जात्रा भन्दा ‘वीर बिक्रम २’ अगाडि रहेको छ ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











