आगामि निर्वाचनमा महिलाले पुरुषलाई भोट नहालौंः अभिनेत्री रेखा थापा
काठमाडाैँ । अभिनेत्री रेखा थापाले महिलाहरु पुरुषका लागि ताली पड्काउने र दर्शकका रुपमा मात्रै सीमित रहेको बताएकी छन्।
११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आइतवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अभिनेत्री थापाले यस्तो बताएकी हुन्। अभिनेत्री थापाले नेपाली समाजमा पुरुषको दबदबा तोड्नका लागि महिलाले ठूलै हिम्मत जुटाउन सक्नुपर्ने बताइन्।
‘पुरुषको दबदबा भयो, महिला कोटामा मात्रै भन्ने महिलाले हिम्मत गरेर चुनावमा पुरुषलाई भोट नहाल्न म चुनौती दिन्छु’, उनले भनिन्, ‘संसददेखि सडकसम्म महिला ताली पड्काउन र दर्शकको रुपमा मात्रै काम गरेकाले सधैँ पछाडि परेका छन्।’ उनले अहिले पनि महिलालाई केबल उपस्थितिका लागि मात्रै प्रयोग गरिने गरेको गुनासो गरिन्।
‘अपवाद बाहेक संसददेखि सडकसम्म हामी महिलालाई दर्शकको रुपमा उपस्थिति गराइन्छ। संसदको लोगो गलायो, लिपिस्टिक लगायो। संसदमा गयो, ताली बजायो, बस्यो। यसरी महिला मुक्ति हुन्छ?’, उनले सोधिन्, ‘हामी जहाँ छौँ त्यहाँ प्रभावकारी भूमिका खेल्नुपर्छ। व्यक्तिगत रुपमा मैले यो कुरा भनिरहेकी छैन।
बजारका महंगा होटलमा महिला मुक्तिबारे चर्को स्वरले बोल्दैमा गाउँबस्तीको वास्तविकता सम्बोधन हुँदैन। कारण त्यही हो, हामी उपहारको पदको आशा गरिरहेका छौं। हामीभित्र डर छ। त्यो डर हटाउन सक्नुपर्छ।’ उनले महिलाहरुले आफूलाई कम्जोर ठानेकैले हेपिनुपरेको बताइन्।
‘महिला हाम्रो पहिचान हो। यही पहिचानका आधारमा विभेद खेप्नुपर्ने? हेपिनुपर्ने? थिचिनु पर्ने? कुनै कारण छैन’, थापाले भनिन्, ‘संसददेखि सडकसम्म महिलालाई उपहारका वस्तुको रुपमा लिनुको कारण के हो? हामी महिलाहरु आफू सक्षम बन्न सकेनौं कि? यसमा ध्यान जान जरुरी छ।’ नायिका थापाले राज्यका सबै निकायमा महिलाको उपस्थिति ५० प्रतिशत हुनुपर्ने माग गरिन्। ‘नेपालमा पुरुषभन्दा महिला बढी छौं।
हामीले नै मतदान गरेर पुरुषलाई जिताउनु पर्छ। अनि हामीले नै कोटा रोज्नुपर्ने? यो चलन कहिलेसम्म? यो सब के का लागि? यदि हामीलाई साँच्चिकै महिला मुक्ति चाहिएको हो भनेआगामी चुनावमा मतदान बहिष्कार गरेर हेरौं। पुरुषलाई भोट नहालेर हेरौँ’, उनले भनिन्, ‘मातृसत्ताको आवश्कता हो भने प्रत्यक्ष निर्वाचित महिला राष्ट्रपति वा प्रधानमन्त्री जेसुकै भए पनि चुनाव लडेर संसदमा पुगौँ। किस्तीमा दिइने पद चाहिँदैन भन्न सकौँ।’ २१औँ शताब्दीका नारीले चुनौती खडा गर्न सक्नुपर्ने उनले बताइन्।
‘अब यो देश हामी चलाउछौं, हामीलाई जनताबीचमा जान कसैले नरोक, हामी जनताकै बीचबाट मातृसत्ताको लागि मत लिएर आउँछौं, नभए मतदान बहिष्कार गछौं भनौं अनि कसरी पुरुषले सत्ता सञ्चालन गर्छन्?’, उनले भनिन् ‘सरकारमा कुनै पनि महिला सहभागी नबनौं।
यो खालको दबाब र्सिजना गर्न सक्छौं? मेरो पश्न हामी महिलामाथि हो। हामी आफूलाई सशक्त ढंगले उभ्याउन सकौं। हामी जातमा होइन, क्षमतामा विश्वास गर्न सकौं। पुरुष सत्ताको कार्टुन बन्नबाट जोगियौं।’ उनले पुरुषसरह बराबरी हुने हो भने नारी दिवस नमनाउन पनि थापाले आग्रह गरिन्।
‘हामी पुरुषसँग बराबरी हुन चाहन्छौ भने यस्ता नारी दिवस नमनाऔं। हामी आफूलाई परिमार्जित गर्न सकौं। लडेर भिडेर चुनौतीको सामना गरेर पुरुषसँग प्रतिष्पर्धा गरौं’, उनले अगाडि थपिन्, ‘मेरो भन्नु यत्ति हो कि संसददेखि सडकसम्म छोरीलाई छोरी बन्न तालिम दिइन्छ। यो एक कु-प्रथा हो यसको अन्त्य गरौं। तालिम बन्द गरौं। खास पीडित महिला गाउँमा छन्। उनीहरुलाई न त राज्यले छोएको छ। न त कानूनले सम्बोधन गरेको छ।’
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












