कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले टेलिभिजन कार्यक्रम ‘ऐना’ सञ्चालन गर्ने
काठमाडाैँ । द होराइजन मल्टिमिडियाले निर्माण गर्ने सामाजिक विषयवस्तुमाथिको टेलिभिजन कार्यक्रम ‘ऐना’ माघ ७ गतेदेखि प्रसारणमा आउने भएको छ ।
काठमाडौंमा बिहिबार पत्रकार सम्मेलन गर्दै कार्यक्रम ‘ऐना’ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चालन गर्ने जानकारी दिइयो।
शर्माले सञ्चालन गर्ने कार्यक्रम ऐना २६ अंकको रहनेछ। एक घण्टा समायवधिको कार्यक्रम ऐना कान्तिपुर टेलिभिजनबाट हरेक बुधबार राति ९ बजे प्रसारण हुनेछ।
पत्रकार सम्मेलनमा कार्यक्रम ऐनाको शीर्ष गीत समेत सार्वजनिक गरिएको थियो।
देशका अधिकांश भूभागमा पुगेर विभिन्न सामाजिक घटनाका पात्रहरुलाई भेटी छायांकन गरिएको गीतमा मानवीय संवेदना र प्राकृतिक सुन्दरतालाई समेटिएको छ। चर्चित कवि श्रवण मुकारुङले रचना गरेको शीर्ष गीतमा सुगम पोखरेलको स्वर र मोहित मुनालको संगीत छ ।
पत्रकार सम्मेलनमा कार्यक्रम ऐनाले समेट्ने विषयलाई छोएर शिल्पी थिएटरको समूहले नाटक समेत मञ्चन गरेको थियो ।
कार्यक्रम ऐनाका प्रोजेक्ट हेड राधाकृष्ण धितालले राजनीतिक व्यक्तित्वलाई सामाजिक र मानवीय मुद्दामा जोड्नुका साथै समाजका विविध घटनासँग प्रत्यक्ष साक्षात्कार गराउन पनि विश्वप्रकाश शर्मालाई कार्यक्रम प्रस्तोताका रुपमा आग्रह गरिएको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै प्रस्तोता विश्व प्रकाश शर्माले समाजका विविध घटनाको गहिराइमा पुगेर मानवीय संवेदनालाई छुने गरी तयार भइरहेको कार्यक्रम ऐनाको हिस्सा बन्न पाउँदा आफूलाई गर्व लागेको बताए।
शर्माले सामाजिक मुद्दाका सवालमा देशमा दुई वटा चित्र रहेको र त्यसलाई ऐनाले छर्लङ्ग देखाउनेमा आशावादी रहेको बताए । देश विकासको कुरा गर्दा भौतिक विकास र व्यवस्थामा परिवर्तन आउने तर समाजका मुद्दा ज्यूकात्यूँ रहने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले आफू राजनीतिक जिम्मेवारीको हैसियतले कतिपय सवालमा जवाफ दिनुपर्ने ठाउँमा रहे पनि यो कार्यक्रम मार्फत् समाजका विविध सवालमा प्रश्न गर्न आइपुगेको औंल्याए।
पत्रकार सम्मेलनमा ग्लोबल आइएमई बैंकका डेपुटी सिइओ महेशप्रसाद ढकालले सामाजिक विषयलाई गहन अध्ययन गरेर तयार हुने कार्यक्रम ऐनाको मुख्य प्रायोजक हुन पाउँदा खुसी लागेको बताए।
उनले आगामी दिनमा पनि यस्ता गम्भीर कार्यक्रमहरुमा बैंकको साथ र सहयोग जारी रहने जानकारी दिए । यस्तै, चौधरी फाउन्डेसनकी डेपुटी जेनरल म्यानेर मेरिना रञ्जितले कार्यक्रम ऐनाले समाजलाई उज्यालोतर्फ लैजानेमा आशावादी रहेको बताइन् ।
समाजमा भइरहेका अमानवीय घटना, विभेद, अन्याय, अपराध, अपमान, असावधानी, रुढीवादी परम्परा-सोच आदिले किन मान्छेलाई मान्छे बन्न दिइरहेको छैन? के हो त्यसको जड? देशका विभिन्न स्थानमा घटनास्थलमै पुगी र पीडित वा सरोकारवालाहरुलाई भेटेर तथा स्टुडियोमा छलफल गरेर यिनै प्रश्नको जवाफ खोज्ने काम कार्यक्रम ‘ऐना’ले गर्नेछ ।
कार्यक्रम ऐनाको निर्देशन अमनप्रताप अधिकारीले गर्नेछन्। कार्यक्रमको प्रोड्युसर जनक पौडेल हुन् भने अनुसन्धान प्रमुख प्रकाश लामिछाने र स्क्रिप्ट राइटर आन्विका गिरि हुन् । यस्तै, कार्यक्रमको अनुसन्धान टिममा भानु बोखिम, महाविर विश्वकर्मा, मनिका खतिवडा र लक्ष्मी नेपाल छन् । कार्यक्रम ऐनाको स्टुडियो बालाजुस्थित नेपाल चलचित्र बोर्डको हलमा तयार भएको छ ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












