जनगायक जेबी टुहुरेको निधन
काठमाडाैं । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को बिहीबार निधन भएको छ ।
७८ वर्षीय टुहुरेको बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
काठमाडौं कंलकीमा रहेको घरमा लडेर घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनमा उच्च रक्तचाप, मुटु, फोक्सो र मधुमेहका दीर्घरोग समेत थिए। टुहेरेले डेढ सयबढी जनपक्षीय गीत रेकर्ड गराएका छन् ।
उनको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’ बोलको गीत सर्वाधिक चर्चित छ। त्यो भन्दा पहिले ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ’ गीतबाट ख्याति कमाएका उनि तत्कालिन ने क पा माले को राजनीतिमा संलग्न रहेर मोरङमा बसोबास गरेका थिए।
लामो समय एमालेमा तत्कालिन महासचिव मदन भण्डारीको निकट रहेर काम गरेका टुहुरे जनसेवा श्री पदक, हेम सरिता संगीत पुरस्कार लगायत विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित भएका थिए। उनी संविधानसभामा मनोनित सदश्य पनि भएका थिए।
जे वी टुहुरे, रामेश, मंजुलअरिमसँगै अग्रिम मोर्चामा रहेर संगीत कर्ममा जुटेका थिए। तत्कालिन ने क पा माले निकटस्थ जनसाँस्कृतिक मञ्च को स्थापनामा समेत सक्रिय रहेका उनी पछिल्लो कालखण्डमा नेकपामा आबद्ध थिए।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए नयाँ गित (भिडियोसहित)
काठमाडाैं । चर्चित गायक घमेस दुलाल र रिता कुलुको आवाजमा मत पलास बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। पुकार...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...












