‘पल शाहलाई रिहा गर’ भन्दै माइतीघरमा प्रदर्शन
काठमाडौं । बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पल शाहको रिहाइको माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । हाम्रो टीम नेपालको पहलमा माइतीघरमा विरोध प्रदर्शन गरिएको हो ।
माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरूले पल शाहलाई रिहाई गर, निर्दोषलाई फसाउन पाइदैन जस्ता नारा लगाएका थिए । प्रदर्शनकारीहरूले पललाई फसाउन खोज्ने गिरोह सक्रिय भएको भन्दै उनलाई तत्काल रिहाई गर्न माग गरे ।
बलात्कारको आरोप लगाउने किशाेरीले नै आफुमाथि बलात्कार नभएको बकपत्र अदालतमा दिएकी थिइन् । तर, उच्च अदालतले उनलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । उक्त आदेशपछि उनका शुभचिन्तकहरू आक्रोशित भएका हुन् ।
गायिकासमेत रहेकी ति नाबालिग किशाेरीले पलमाथि बलात्कार आरोप लगाउँदै नवलपुर र तनहुँ प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि छानविन गर्दै प्रहरीले अदालतमा पेस गरेको थियो । अदालतमा भएको थुनछेक बहसपछि हिरासतमा राख्दै थप अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको थियो ।
उक्त आदेशको विरुद्धमा पल उच्च अदालत पुगेका थिए । उनले हिरासत बाहिरै बसेर मुद्दा लड्न दिन माग गरेका थिए । तर, उच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गर्दै मुद्दाको चाँडो किनारा लगाउन र त्यतिबेलासम्म हिरासतमै राख्न आदेश दिएको थियो ।
पलको रिहाई लागि भन्दै उनका समर्थकहरूले शनिवारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । बलात्कारको आरोप लगाउने युवतीलाई अरूले प्रयोग गरेर उनलाई फसाउन खोजेको उनीहरूको आरोप छ ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











