यो वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार मात्रिका पौडेललाई दिइने
काठमाडौं । रिपोर्टर्स क्लब नेपालले यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई दिने निर्णय गरेको छ। क्लबको पुरस्कार छनौट समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
रिपोर्टर्स क्लब नेपालले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार क्लबको यही चैत्र १७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा मनाईने २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हातबाट प्रदान गरिनेछ ।
पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ। पौडेल विगत लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । पत्रकारितामा आफ्नो क्षमता र कुशलता प्रर्दशन गर्दै आएका पौडेलले व्यवसायिक पत्रकारिताको संस्थागत विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर पत्रकार पौडेलले चीन, अमेरिका, जापान, कोरिया, फ्रान्स, डेनमार्क, बेल्जियम, नर्वे, फिनल्याण्ड, जर्मन, मलेसिया, हङकङ र भारतको भ्रमण गरिसकेका छन् ।
पत्रकार पौडेलले सञ्चार मन्त्रालयमा मिडिया सल्लाहकारको रुपमा काम गरिसकेका छन् । उनी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पनि हुन् । संसदीय मामिला पत्रकार समाजका पूर्व उपाध्यक्षसमेत रहेका पौडेल हाल सो संस्थाका सल्लाहकार हुन् । पौडेलले २०५४ साल बैशाख ४ गतेबाट पत्रकारिता सुरु गरेका हुन् ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












