लुटपाटमा संलग्न पाँच जना पक्राउ
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा महिलाको घाँटीमा लगाइएको सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न गिरोहका पाँच जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ ।
आज पत्रकार सम्मेलन गरी पक्राउ गरिएका पाँच जनलाई सार्वजनिक गरिएको हो । पक्राउपर्नेमा रामेछाप लिखु गाउँपालिका–१ का ३२ वर्षीय रवीन दमाई, सुनसरी धरान उपमहानगरपालिका–८ का १८ वर्षीय रवि विश्वकर्मा, काभ्रे पाँचखाल नगरपालिका–७ का उमेश क्षेत्री, धनकुटा लेगुवा गाउँपालिका–७ बस्ने ३० वर्षीय राहुल माझी र भारत पश्चिम बङ्गाल, पश्चिम मेदनीपुर जिल्ला दासपुर थाना जयरामचोक बस्ने ४२ वर्षीय श्रीकान्त माइती रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाहरुले काठमाडौंका विभिन्न स्थलमा ‘मर्निङ वाक’ हिँडेका महिलालाई लक्षित गरेर शृङ्खलाबद्धरुपमा महिलाले गलामा लगाएका सुनका सिक्री लुटपाट गर्ने गरेका थिए । रवीन दमाईं मर्निङ वाकमा हिँडेका महिलाले गलामा लगाएको सुनका सिक्री लुट्ने र विश्वकर्मा मोटरसाइकल चलाउने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
यसैगरी भारतीय नागरिक माइतीले लुटपाट गरेको सुन खरिद गरेका थिए भने अन्य दुई जना पनि सुन पगाल्नेदेखि अन्य भूमिकामा रहेको खुलेको प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा। केसीले बताए ।
उनले भने, ‘पक्राउ परेकाहरुले न्युरोडको जनसेवा मार्ग, चक्रपथको बङ्गलामुखी मन्दिर, सामाखुसीको कपुरधारा, टोखाको ग्राण्डी नजिकै र नागार्जुनको बुद्ध चोकबाट महिलाको सिक्री लुटेको खुलेको छ, टोखाकै विष्णुमति पुल नजिकबाट पनि सिक्री लुटपाट भएको थियो ।’
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको जनाएको छ । दमाई र विश्वकर्मा दुई जना मिलेर पहिला रेकी गर्ने र योजनाबद्धरुपमा बाइक प्रयोग गरेर महिलालाई लक्षित गरी लुट्ने गरेको प्रहरीको दाबी छ ।
उनीहरुले राजधानीका विभिन्न आठ स्थानमा यसरी लुटपाट गरेको खुलेको र सबै लुटपाट बिहान ५ देखि ६ बजेसम्ममा भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा। केसीले जानकारी दिए ।
पक्राउ परेकाहरुको साथबाट सुनको ढिक्का एक थान, तौल गर्दा करिब एक तोलाको सिक्री र लुटपाट गर्दा प्रयोग भएका मोटरसाइकल दुई थान, माबाइल छ थान तथा सुनको हार ४७ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











