मोटरसाइकल र स्कुटी चोरीमा संलग्न छ जना पक्राउ
काठमार्डौ । दाङको तुलसीपुर प्रहरीले मोटरसाइकल र स्कुटी चोरी गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विभिन्न मितिमा मोटरसाइकल र स्कुटी चोरी गर्ने छ जनालाई पक्राउ गरी तुलसीपुर इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो ।
मोटरसाइकल चोरी गर्ने तीन र स्कुटी चोरी गर्ने तीन जनालाई विभिन्न समय र स्थानबाट पक्राउ गरिएको उक्तकार्यालयका प्रमुख प्रहरी तथा नायब प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो । मोटरसाइकल चोरीमा पक्राउ पर्नेमा बाँके जिल्ला बैजनाथ गाउँपालिका–४ बस्ने १९ वर्षीय विशाल बुढा, सोही ठाउँ बस्ने २८ वर्षीय प्रशान्त खड्का, जिल्ला सल्यान बनगाड कुपिन्डे नगरपालिका–१० थापाचौर घर भएका २८ वर्षीय मोहन भन्ने मुस्कान घर्ती रहेका छन् ।
मुस्कान घर्तीको योजनामा मोटरसाइकल चोरी गरेको भन्ने खुलेपछि अनुसन्धान गर्दै जाँदा सल्यान शारदा नगरपालिका–९ सुनचौर भन्ने स्थानमा लुकाई राखेको अवस्थामा सल्यान जिल्ला प्रहरी कार्यालयको सहयोगमा रा ७ प ३०८४ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएकोे नायब प्रहरी उपरीक्षक मल्लले बताउनुभयो ।
यसैबीच स्कुटी चोरी गर्ने तीन जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ घर भई हाल वडा नं ५ बस्ने १६ वर्षीय सङ्केत, तुलसीपुर उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय सन्तोष परियार र दङ्गीशरण गाउँपालिका वडा नं ६ बस्ने १९ वर्षीय नविन परियार रहेका छन् ।
यही साउन २० गते तुलसीपुर उपमहानगरपालिका– ९ स्थित सोही ठाउँ बस्ने लिना कठायतको रा८प ८४२ नम्बरको स्कुटी आफ्नै घरमा राखेको अवस्थामा च्यानल गेटको ताला फोडेर चोरी गरिएको थियो । भोलिपल्टै निजले दङ्गीशरण गाउँपालिका–६ बस्ने १९ वर्षीय नविन परियारलाई रु दस हजारमा उक्त स्कुटी बिक्री गरेका थिए । नविनले स्कुटी खरिद गरेर घरको कोठामा लुकाइछिपाइ राखेको अवस्था प्रहरीले बरामद गरेको थियो ।
पक्राउ परेका उनीहरूलाई चोरीसम्बन्धी कसुर मुद्दा दर्ता गराएर जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको प्रमुख मल्लले जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...












