सुन तस्करी प्रकरणमा क्रिप्टोकरेन्सीको कारोबार पनि जोडियो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट बरामद गिरएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार पनि जोडिएको पाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको उक्त सुन तस्करी प्रकरणमा तस्कर समूहले सुनको पेमेन्टका लागि क्रिप्टोकरेन्सीमा कारोबार गर्ने गरेका अनुसन्धानका क्रममा खुलेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतले बताएका छन् ।
‘केही पैसा हुण्डीबाट पनि गएको देखिन्छ भने ठूलो रकम क्रिप्टोमार्फत कारोबार भएको पाइएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले बताएका छन्, उनले भने, ‘यो विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।’
स्रोतका अनुसार, सुन तस्करी प्रकरणमा क्रिप्टो जोडिएपछि सीआईबी सुन प्रकरणको अनुसन्धान समितिमा सीआईबीका डिजिटल फरेन्सिक प्रमुख एसपी एमएम धामीलाई पनि अनुसन्धान खटाएको छ । स्रोतका अनुसार, क्रिप्टोकरेन्सी सम्बन्धी अनुसन्धानको विज्ञका रुपमा उनलाई अनुसन्धानमा जोडिएको हो ।
अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, हालसम्म अनुसन्धानबाट खुलेका तथ्यहरु हेर्दा तस्करीमा संलग्न यो गिरोह सोचेभन्दा निकै धेरै संगठित देखियो’, ‘हालसम्म सीआईबीले हेरेका संगठित अपराधका केशहरुमध्ये यसमा सबैभन्दा धेरै अत्याधुनिक प्रविधि प्रयोग भएको देखिएको छ ।’
सुन प्रकरणमा अहिलेसम्म सीआईबी ६ जना विदेशी नागरिक सहित २४ जना व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । यसमा प्रकरणमा चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ भने नेपाली मूलका बेल्जियम नागरिक दावा छिरिङले सुनको व्यवस्थापन गर्ने गरेको हुनसक्ने आधारहरु अनुसन्धान बाट देखिएको छ ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...












