अभिनेत्री गौरी मल्लले तीज गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक
काठमाडाैँ । अभिनेत्री गौरी मल्लले तीज गीत सार्वजनिक गरेकी छन्।
मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै ‘धिन ताका नाका धिन’ बोलको गीत सार्वजनिक गरिएको हो।
सानै उमेरदेखि गायनमा सौखिन मल्लले दर्जनबढी गीत गाएकी छन्। उनले फिल्म ‘भाइ’ मा अभिनेत्री मेलिना मानन्धरको लागि पार्श्व गायन समेत गरेकी थिइन्। यद्यपि उनले आफ्नो गायन करियरभन्दा अभिनय करियरलाई नै अगाडि बढाएकी थिइन्।
सार्वजनिक तीज गीतमा शब्द, संगीत र स्वर दिँदै उनी गायनमा फर्किएकी छन्। यस गीत सार्वजनिक गर्दै उनले आफ्नै नामबाट युट्युब च्यानल समेत सञ्चालनमा ल्याएकी छन्।
सन्तोष राजबाहकले कोरियोग्राफी र निर्देशन गरेको गीतमा गौरीसँगै अभिनेत्री मिथिला शर्मा, समाईरा श्रेष्ठ, तेन्जु योन्जन, निलम पौडेल, सिम्रन शेरचनलाई देख्न सकिन्छ।
अञ्जु पोखरेल दाहाल म्युजिक भिडिओकी निर्माता हुन् भने सुवास दाहालले निर्माण संयोजन गरेका छन्। उत्सव दाहालले छायांकन गरेको गीतको भिडिओलाई विकास दाहालले सम्पादन गरेका हुन्।
Comments
अरु समाचार
-
यथास्थितिवादीहरूको भ्रमबाट मुक्त भई सङ्घीय जनगणतन्त्र स्थापनाका लागि अघि बढाैँः बैद्य
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले यथास्थितिवादीहरूको भ्रमबाट मुक्त भई सङ्घीय जनगणतन्त्र नेपालको स्थापनाका लागि संघर्षमा अगाडि...
-
विष्णु सापकोटाको उपन्यास अडिएका पाइला सार्वजनिक
काठमाडाैँ । विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ सार्वजनिक गरिएको छ । प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार एक कार्यक्रमका बीच लेखक मञ्जुश्री थापा...
-
काठमाडौं महानगरभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । विगतका वर्षहरूमा राति ९ बजेसम्म मात्र...
-
लोक गायक सुशील भट्टराईको देउसी गीत सार्वजनिक
काठमाडौं । मौलिक लोक गायक सुशील भट्टराईको तिहारको देउसी गीत सार्वजनिक भएको छ । विगत केही वर्षदेखि निरन्तर तिहारका गीत...
-
ऐतिहासिक नगर पनौती : सम्पदामैत्री घर बनाउनेलाई प्रोत्साहन
काठमाडौं । ऐतिहासिक नगरपालिका पनौतीमा सम्पदामैत्री घर बनाउने अभियानलाई निरन्तरता दिइएको छ । विविध जटिलताका कारण गत वर्ष रोकिएको सम्पदामैत्री...
-
सांस्कृतिक सहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन समुदायस्तरमा छलफल सुरु
काठमाडौं । पनौती नगरपालिकाले नगरपालिकाका–७स्थित सांस्कृतिक सहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन समुदायस्तरमा छलफल सुरु गरेको छ । नगरपालिकाले...
-
वरिष्ठ कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’ सम्मानित
काठमाडौं । प्रेस काउन्सिल नेपालले वरिष्ठ कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’लाई सम्मान गरेको छ । प्रेस काउन्सिल नेपालद्वारा आयोजित ‘सञ्चार माध्यममा...
-
पहिलो एनआरएन द सिंगर प्रतियोगिताको उपाधि युकेकी युक्ति विमलीलाई
काठमाडौं । पहिलो एनआरएन द सिंगर प्रतियोगिताको उपाधि युकेकी युक्ति विमलीले जितेकी छन् । 'खोजी उत्कृष्ट प्रवासी प्रतिभा' भन्ने मुल...
-
धार्मिक,प्राकृतिक एवं संस्कृतिक मौलिकता पर्यटक आकर्षित गर्ने महत्वपूर्ण माध्यम
काठमाडौं । मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुस्ताङका बासिन्दाले परम्परागत...