संखुवासभा कैदि हत्या प्रकरणमा सुरक्षाा इन्चार्ज सहित १५ जना विरुद्ध कर्तव्य ज्यान मुद्धा दायर
काठमाडौं । संखुवासभा कारागारमा दुई कैदिको हत्या प्रकरणमा कारागारका तत्कालीन सुरक्षाा इन्चार्ज सहित १५ जना विरुद्ध कर्तव्य ज्यान मुद्धा दायर गरिएको छ ।
गत साउन २४ गते जिल्ला कारागार संखुवासभामा कैदीहरु विनोद तोलांगी र आकाश बलामीको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यलय मार्पmत शुक्रबार सात प्रहरी र आठ कैदी गरी १५ जना विरुद्ध जिल्ला अदालत संखुवासभामा कर्तव्य ज्यान मुद्धा दर्ता गरेको हो ।
जिल्ला अदालत संखुवासभा स्रेस्तेदार रामचन्द्र केसीका अनुसार मुद्दा दायर हुनेमा कारागारका तत्कालीन सुरक्षा इन्चार्ज प्रहरी साहायक निरिक्षक लक्ष्मि चौधरी, हवल्दार राजकुमार श्रेष्ठ तथा प्रहरी जवानहरु सुमन गुरुङ, पवनकुमार महतो र मनिष राई रहेका छन् । त्यस्तै घटनाका बखत सुरक्षा गार्डका रुपमा तैनाथ दमन सिंह राई, सुमन राई विरुद्ध मुद्दा दर्ता गरिएको छ । कैदीबन्दीहरु राम कार्की, अनिस शर्मा कट्टेल ,सचिन राई , सुमन सारुमगर , टीकाराम चौहान , नवीनकुमार राई, इन्द्रध्व्ज घिमिरे, मीनबहादुर तामाङविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । मुद्दा हेरेर प्रतिवादिलाई अदालतमा उपस्थित गराएर आइतबारदेखि नै बयान लिइने केसीले बताए ।
गत साउन २४ राति बन्दीगृहको सौचालयबाट झ्याल फोडेर भाग्न खोजेको भन्दै आघात र क्रुरतापूर्वक यातना दिएर दुई जना कैदिको हत्या गरिएको थियो । त्यस घटनालाई आन्तरीक रुपमा छामछुम पार्न खोजे पनि प्रहरीको सुरक्षा घेरा भित्र कैदिबन्दीको मृत्यु शंकासपद रहेको भन्दै स्थानिय र आफन्तले विरोध र छानबिनको माग गरेका थिए ।
घटनाको छानबिनका लागि कारागार विभागका उपसचिव कमलप्रसाद पाण्डेको नेतृत्वमा समिति गठन गरि अनुसन्धान अघि बढाईएको थियो । उक्त समितिले कारागार भित्रको सिसिटिभी फुटेज हेरेपछि कैदी र प्रहरीको संलग्नता रहेको प्रतिवेदन दिएको थियो । आफन्तले आन्दोलन गर्दै कारागारका सुरक्षा इन्चार्ज लक्ष्मि चौधरी र कारागार प्रमुख जेलर राजेन्द्र घिमिरेविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि मात्रै ६ दिनमा आफन्तले शव बुझेका थिए । २५ जना क्षमताको संखुवासभाको कारगारमा अहिले १ सय ३६ जना कैदीबन्दी छन् ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











