निजामती सेवाको सहसचिव पदसम्म नै अन्तर तह प्रतियोगिता
काठमाडौं । सरकारले संघीय निजामती सेवाको सहसचिव पदसम्म नै अन्तर तह प्रतियोगिताको व्यवस्था गर्ने भएको छ ।
संसदमा दर्ता गर्ने गरी मन्त्रिपरिषदले पारित गरेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०’ मा स्थानीय, प्रदेशका कर्मचारीले सहसचिवस्तरसम्म नै अन्तर तह प्रतियोगतामा भाग लिन पाउने व्यवस्था प्रस्ताव गरिएको हो ।
सम्बन्धित पदमा बढुवाको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरेको, तोकिएको सेवा अवधि पूरा गरेको र प्रचलित कानून बमोजिम बढुवाको लागि योग्य व्यक्ति अन्तर तह प्रतियोगिताको उम्मेदवार रहनेछन् ।
प्रस्तावित व्यवस्था अनुसार अनुसार राजपत्रांकित प्रथम श्रेणी अर्थात् सहसचिवको १० प्रतिशत सिट अन्तर तह प्रतियोगितामार्फत पूर्ति हुनेछ । यस्तो सुविधाका लागि उपसचिवका रुपमा ७ वर्ष कुनै तहमा काम गरेको अनुभव अनिवार्य गर्न प्रस्ताव गरिएको छ ।
स्रोतका अनुसार राजपत्रांकित द्वितीय श्रेणी अर्थात् उपसचिवलाई २० प्रतिशत अन्तर तह प्रतियोगिताको सिट राख्न प्रस्ताव गरिएको स्रोतले बतायो ।
स्रोतका अनुसार प्रदेश निजामती सेवा वा स्थानीय सेवामा वहाल रहेको अधिकृत स्तरको कर्मचारीले १० प्रतिशत सिटको अन्तर तह प्रतियोगितामा भाग लिन सक्नेछन् ।
अन्तर तह प्रतियोगिताद्वारा पदपूर्ति हुने पदहरुमा संघीय निजामती सेवामा बहाल रहेको वा कर्मचारी समायोजन सम्बन्धी संघीय कानून बमोजिम सरकारी सेवाबाट प्रदेश वा स्थानीय तहमा समायोजन भएर वा लोक सेवा आयोग वा प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई प्रदेश निजामती सेवा वा स्थानीय सेवाको एक श्रेणी वा तह मुनीको पदमा बहाल रहेकोे कर्मचारी उम्मेदवार हुन सक्न व्यवस्था प्रस्ताव गरिएको छ ।
प्रदेश र स्थानीय तहका कर्मचरीले समेत निजामती सेवाका विशिष्ट पदमा अवसर पाउने गरी यस्तो प्रस्ताव गरिएको अधिकारीहरु बताउँछन् । विगतबाटै प्रदेश र स्थानीय तहका कर्मचारीले संघमा आफूहरुलाई पनि विशिष्ट पदसम्म पुग्ने अवसर खुला राख्नुपर्ने माग गर्दै आएका छन् ।
Comments
अरु समाचार
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
कर्मचारीमा त्रास सिर्जना गर्दै वालेन्द्र सरकार, कृष्णहरी समातेर देखाइदिने सन्देश किन?
काठमाडौं । उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव कृष्णहरी पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर केरकारपछि रिहा गर्दै कर्मचारीलाई तह लगाउने सन्देश दिन सरकार...
-
दुइतिहाइको लहडले जोगिएला त न्यायालयको साख?
काठमाडौं । नेपालको न्यायपालिकामा नयाँ नेतृत्व चयनको रस्साकस्सी चलिरहेका बेला आज बस्न लागेको संवैधानिक परिषद्को बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको...
-
मधेश प्रदेशले नयाँ सरकारको नीति र निर्देशन कार्यान्वयनमा सक्रियता देखायो
काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहको सपथ ग्रहण कार्यक्रम पछि, मधेश प्रदेशका प्रमुख सचिवले नयाँ नेतृत्वको नीति कार्यान्वयनमा क्रियाशिलता देखाएका...
-
नदी किनार मापदण्डका मुद्दामा अदालत गम्भीर, छिटो निर्णय चाहन्छौंः विमल पौडेल
काठमाडाैं । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, विमल पौडेल, नदी तथा खोला किनारमा लागू गरिएको मापदण्डसम्बन्धी मुद्दाको छिटो न्याय निरुपण गर्न...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
मुख्यसचिव नियुक्तिमा बरियता कि कार्यक्षमताः अन्तरिम सरकारको अलमलले कर्मचारी संयन्त्रमा सन्नाटा
काठमाडाैं । सिनियरका नाममा निजामतीको माथिल्लो पदमा क्षमताहिन सचिव सुमन अर्याललाई मुख्यसचिव बनाउने सरकारले तयारी गरेको चर्चा चलेको छ ।...
-
नेपाल-चीन कोरला नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने तयारी, गृह र अध्यागमन विभागको टोली अवलोकनमा
काठमाडाैं । गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमाको कोरला नाका अवलोकन गरेको छ । पोखराबाट हवाई मार्ग हुँदै...
-
सीडीओ सरुवामा थिति बसाल्दै गृहसचिव दंगाल र महाशाखा प्रमुख पराजुली
काठमाडाैं । प्रमुख जिल्ला अधिकारी सरुवामा पहिलो पटक वरिष्ठता र अनुभवलाई आधार बनाएर आर्थिक चलखेललाई पूर्णतः निषेध गरिएको पाइएको छ...











