‘जवान’ले बलिउडका अहिलेसम्मका सबै व्यावसायिक रेकर्ड तोड्यो
काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको पछिल्लो नयाँ फिल्म ‘जवान’ले बलिउडको अहिलेसम्मको सबै व्यावसायिक रेकर्ड तोडेको छ । उनको यस फिल्मले भारतमा सर्वाधिक व्यापार गरेको छ ।
त्यसो त शाहरुखले यस वर्षको सुरुमा फिल्म पठानमार्फत बलिउड बक्स अफिस कब्जा गरेका थिए । सो फिल्मले भारतमा कुल ५ सय ४३ दशमलव शून्य ५ करोडको व्यापार गरेर नयाँ रेकर्ड बनाएको थियो । शाहरुखको पठानको रेर्कड अहिले उनकै अर्को फिल्म जवानले तोडेको हो ।
त्यसो त यस वर्ष अहिलेसम्म ३ बलिउड फिल्म ५ सय करोड क्लबमा प्रवेश गरिसकेका छन् । पठान, गदार–२ र जवानले ५ सय करोडको रेर्कड बनाइसकेका छन् । जहाँ पहिलो दुई फिल्मले आफ्नो कलेक्सनका साथ बलियो किर्तिमान बनाए । फिल्म जवानको व्यापार तेस्रो साता पुग्दा पनि त्यतिकै तीव्र गतिमा अगाडि बढिरहेको छ ।
भारतमा यस फिल्मले १७ दिनमा ५ सय ४८ दशमलव २५ करोडको कलेक्सन गरिरहेको छ । जबकि, पठानले यसअघि ५ सय ४३ दशमलव शून्य ५ करोडको व्यापार गरेर नयाँ रेर्कड बनाएको थियो । यो रेकर्ड अहिले जवानले तोडेको हो । यसरी शाहरुख खानको जवान अहिलेसम्मको सबैभन्दा धेरै कमाउने बलिउड फिल्म नचल्ने भनिएको साउथमा नै यस फिल्मले ५६ दशमलव २१ करोडको व्यापार गरेको छ ।
जवान अहिलेसम्म बनेको सबैभन्दा ठूलो फिल्म मात्रै होइन, सबैभन्दा छिटो ५ सय करोड क्लबमा प्रवेश गर्ने भारतिय फिल्म पनि साबित भएको छ । हिन्दी कलेक्सनलाई हेर्दा जवानले १८ दिनमा ५ सय करोडको आकँडा पार गरेको हो,जहाँ ५ सय करोडको व्यापार भारतमा गर्न बाहुबली २ लाई ३४ दिन,पठानलाई २८ दिन र गदार २ लाई २४ दिन लागेको थियो ।
सन् २०२३ मा शाहरुख खानले बक्स अफिसमा राज गर्दै छन् भन्नेमा कुनै शंका छैन् । डिसेम्बरमा राजकुमार हिरानीको डन्कीमा शाहरुखले अरु नयाँ के रेर्कड राख्छन् कि राख्दैनन् , त्यो भने हेर्न बाँकी नै छ ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











