बन्दुकको आडमा लुटपाट
काठमाडौं । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ रतवारा गाउँमा गएराति एक घरमा डाकाहरुको समूहले बन्दुको आडमा ५० लाख बढीको लुटपाट गरेका छन् ।
जयकिशोर चौधरीको घरमा गएराति १ः३० बजे पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच डाकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लाखौँको लुटपाट गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।
डाकाहरुले घरधनी ५० वर्षीय जयकिशोर चौधरी, ४८ वर्षीय उनकी पत्नी सीमा, ६७ वर्षीय बुवा भुवनेश्वर र ६५ वर्षीया आमा शैलदेवी चौधरीमाथि पेस्तोल देखाउँदै नियन्त्रणमा लिएर सबैलाई भान्सा कोठामा बन्द गरेका उहाँले बताउनुभयो । मल्लका अनुसार बाँकी कोठाभित्र रहेका दराज, बक्सालगायत तोडफोड गरी लाखौँको सुन, चाँदी र नगद लुटपाट गरेका छन् ।
घरको पछाडिबाट घरभित्र छिरेका उनीहरुले भित्र छिर्ने वित्तिकै चारै जनामाथि धारिलो हतियार प्रहार गर्दै टाउको फुटाउनुका साथै हात, मुक्का र लात्तीले पटक–पटक हान्दै १ः३० देखि करिब २ बजेसम्म लुटपाट गरेका पीडित परिवारले जनाएका छन् ।
डाकाको प्रहारबाट घाइते भएका सबैको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरी उपरीक्षक मल्लले जानकारी दिनुभयो ।
डाकाहरुले चौधरीको घरबाट रू एक लाख नगद, ४० तोला बढी सुनका गरगहना, अढाई किलो चाँदीका गरगहना, एक लाख ७५ हजार मूल्य बराबारको मोबाइल फोन मोबाइल १ थान गरी ५० लाख बढी लुटपाट गरेका पीडित चौधरीले जानकारी दिनुभयो ।
अस्पतालमा उपचाररत चौधरीका बुवा भुवनेश्वरको टाउकोमा आठवटा टाँका लगाइएको छ भने अन्यको पनि टाउकोमा चोट लागेको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो । घटनाबारे प्रहरीलाई बिहान मात्रै जानकारी भएको बताउँदै उहाँले पीडित परिवारलाई भेटेर सोधपुछ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । थप अनुसन्धानका लागि विशेष प्रहरी परिचालन गरिने उहाँको भनाइ थियो ।
Comments
अरु समाचार
-
नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २४ जनालाई जन्म कैद
रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्यामा संलग्न...
-
चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ
काठमाडौं । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ...
-
रसुवामा छोराले कुटपिट गर्दा बुबाको मृत्यु
काठमाडौं । उत्तरी रसुवामा छोराले गए राति कुटपिट गरी बुबाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सुवास बुडाथोकीका अनुसार...
-
नक्कली भुटानी शरणार्थी प्रकरणः आज जवाफी बहस, फैसला समेत आउन सक्ने
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज उच्च अदालत पाटनबाट आदेश आउने जनाइएको छ । काठमाडौं जिल्ला अदालतले दिएको...
-
चितवनमा गैँडाको खागसहित आठ जना पक्राउ
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित आठ जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई आज...
-
कैलालीमा कुटपिटबाट एकको मृत्यु, सात जना प्रहरी नियन्त्रणमा
काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका २६ वर्षीय मोहन अधिकारीको आज...
-
रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी जिल्लाको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा...
-
आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ
काठमडौं । झापाको कमल गाउँपालिकामा छोराले बुवाको हत्या गरेका छन् । कमल–४ का ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा आशिष...
-
जतिय विभेद गरेको आरोपमा वडाध्यक्षलाई कैद सजाय
काठमाडौं । पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा साढे ४ महिना कैद फैसला भएको छ।...