जतिय विभेद गरेको आरोपमा वडाध्यक्षलाई कैद सजाय
काठमाडौं । पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा साढे ४ महिना कैद फैसला भएको छ।
जिल्ला अदालत कास्कीले बिहीबार साढे ४ महिना कैदसहित ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको सूचना अधिकारी सुरज अधिकारीले बताएका छन्।
जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजालसले उक्त फैसला गरेको उनले जानकारी दिए। ‘जाहेरवालालाई १० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला भएको छ’, उनले भने।
जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ को दफा ७ (क) बमोजिम फैसला भएको उनको भनाइ छ। उक्त दफामा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। सोही ऐनको दफा ७ (२) अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले उफदफा १ बमोजिमको कसुर गरेमा सो उफदफामा उल्लिखित भएअनुसार थप ५० प्रतिशत सजाय थपिने उल्लेख छ।
पोखरा– २४ की वडासदस्य मैया नेपालीले २०७९ माघ ५ गते जिल्ला अदालत कास्कीमा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुर मुद्दा दर्ता गराएकी थिइन्। त्यो भन्दा पहिले नै वडाध्यक्ष अधिकारीलाई कारवाहीको माग गर्दै गत २०७९ पुस २४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएकी थिइन्। त्यसलगत्तै प्रहरीले अभियुक्त वडाध्यक्ष अधिकारीलाई पुस २६ गते पक्राउ गरेको थियो।
जिल्ला न्यायाधीश ऋषिराज आचार्यको एकल इजलासमा भएको थुनछेक बहसपछि वडाध्यक्ष अधिकारीलाई १ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। गत वर्षको माघ ६ गते धरौटीमा रिहा गर्न अदालतले आदेश दिएपछि उनले सोही दिन रकम बुझाएर रिहा भएका हुन्।
कसुर ठहरिएका वडाध्यक्ष अधिकारी कांग्रेसबाट निर्वाचित भएका हुन्। वडामा दलित महिला सदस्य मैयाँ नेपालीसहित ४ जना सदस्य एमालेबाट निर्वाचित भएका हुन्।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











