१६ वर्षदेखि ढुंगामा कला भर्दै आएका गाेविन्द
काठमाडाैँ । इँटाको सानो तीन कोठे घर/घर वरिपरि ढुंगाको चाङ,खस्रा ढुंगालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ। तर नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका- १३ का गोविन्द बोटे ढुंगामा आफ्नो कला भर्न लागिपरेका छन्।
सानै उमेरदेखि चित्रकला र हस्तकलामा होमिएका बोटे विगत १६ वर्षदेखि व्यावसायिक रूपमा मूर्ति बनाउन थालेका हुन्। बोटे टोलमा बस्दै आएका उनी पछिल्लो समय विभिन्न आकृतिका ढुंगाका मूर्ति बनाउन व्यस्त छन्। त्रिचालीस वर्षीय गोविन्दले विभिन्न देवीदेवताका मूर्ति बनाउने गरेका छन्। खोलाका ढुंगा ल्याएर आकर्षक मूर्ति कुद्नु उनको दैनिकी बनेको छ।
‘तीन दिनमा एउटा मूर्ति तयार पार्छु, आफ्नै हातले ढुंगालाई सुन्दर आकृति बनाउँदा निकै खुसी लाग्छ,’ बोटेले भने, ‘यो कलाले आफू मरेर गए पनि युगाैंयुगसम्म जीवन्त रहने हुँदा आफूले गरेको पेसाप्रति सन्तुष्ट छु।’
बोटेलाई परिवारको पनि उत्तिकै साथ सहयोग रहेको छ। बोटे समुदायका उनलाई बुबाले खोलामा माछा मारेर जीविकोपार्जन गर्दै हुर्काएको अझै याद छ। बुबाले खोलामा गएर माछा मार्ने काम गोविन्दलाई कति पनि मन परेको थिएन।
सानैदेखि चित्र कोर्न मन पराउने उनी ढुंगाको मूर्ति बनाउन थालेपछि यो नै अहिले व्यावसायिक पेसा बनेको छ। ‘अहिलेसम्म पाँच सयभन्दा बढी देवीदेवताको मूर्ति बनाइसकेको छु,’ बोटेले भने, ‘१५ वटाभन्दा धेरै सालिक बनाएर बिक्री गरिसकेको छु।’
ढुंगामा आकृति कुद्ने काम चुनौतीपूर्ण रहेको गोविन्दको भनाइ छ। एकाग्र भएर छिनो र ढुंगासँग खोल्नुपर्ने हुँदा कहिलेकाहीँ आँखा र टाउको दुखे पनि यही काममा आनन्द मिलेको उनले बताए। ‘सालिक बनाउन २० दिनसम्म लाग्छ, एउटा सालिक बनाएको रु ४५ हजारसम्म लिने गरेको छु,’ उनले भने।
हिजोआज गोविन्दलाई ढुंगा कुद्न २१ वर्षीय छोरा कमलले पनि साथ दिन थालेका छन्। उमेरले भर्खर युवावस्थामा लागेका कमलको सोख पनि बुबाको जस्तै मूर्तिकार बन्ने छ। कक्षा १० सम्म पढेका कमल केही समय भारत गएर काम पनि गरिसकेका छन्। त्यहाँको रहनसहन नमिलेपछि उनी पुनः घर फर्किए।
अहिले बुबासँगै उनी पनि मूर्ति बनाउन सिकिरहेका छन्। पछिल्लो समय लोपोन्मुख हुँदै गएको ढुंगाको मूर्तिलाई संरक्षण गर्न पनि आफूले बुबासँग मूर्ति बनाउन सिकिरहेको कमल बताउँछन् ।
‘सुरुमा योभन्दा अरू नै केही रोजगारी गरौं भन्ने थियो तर अन्तभन्दा यही मूर्ति बनाउनु नै ठीक लागेर बुबासँग काम गरिरहेको छु,’ उनले भने, ‘ढुंगामा मूर्ति कुद्ने काम लोप भइसकेको छ। यसको संरक्षण गर्नका लागि पनि मेहनत गरेको हुँ।’
बाबु छोरा गोविन्द र कमलले मूर्ति बनाउने पेसालाई थप व्यवस्थित बनाउन चाहेका छन्। यतिका वर्षबाट ढुङ्गाको मूर्ति बनाउने पेसामा आबद्ध रहेका बोटे परिवारलाई आजसम्म कुनै निकायको सहयोग नगरेको गुनासो गरेका छन्।
‘स्थानीय सरकारले ढुंगा कुँद्न आवश्यक पर्ने औजार सहयोग गरे राहत मिल्ने थियो,’ गोविन्दले भने, ‘यो सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि कुनै निकायले पहल गरे हुने हो।’ सबैले यो मेहनत र पेसालाई बुझिदिए यो कला बचाउन सकिने उनको विश्वास छ। अहिलेका युवा यो ढुंगाको काम गर्ने इच्छा नदेखाउँदा यो पेसा नै मर्ने हो कि भन्ने चिन्ता गोविन्दमा देखिन्छ।
‘यसमा मेहनत र लगनशीलता चाहिन्छ, यो सिकाएरभन्दा पनि आफ्नै मनदेखि आउनुपर्छ,’ उनले भने, ‘ढुंगाको मूर्ति बनाउने कलालाई अहिलेका युवालाई पुस्तान्तरण गरी संरक्षण गर्नुपर्ने आवश्यकता छ।’
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












