षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।
देशभक्तिको कथा बोकेको चलचित्र ‘काँडेतार’ लााई निर्माण सुरु गर्दा देखी नै षड्यन्त्र,अपमान र घेराबन्दी गरिएको भन्दै सामना फिल्म प्रालिका तर्फबाट निर्देशक एवं कलाकार नवल खड्काले शनिबार बिज्ञप्ति जारी गरि चलचित्र नचलाउने घोषणा गरेका हुन् ।
२०८० वैशाख ११ गते नै सेन्सर पास गरेपछि चलचित्रको निर्माण पक्षले फागुन २५ लाई प्रदर्शन मिति घोषणा गरेको थियो। तर प्रदर्शन मिति नजिकिदै गर्दा “काँडेतार” चलचित्रलाई असफल बनाउन चौतर्फी देशीविदेशी खुफियाहरु र त्यसका मतियारका रुपमा स्वदेशभित्रका केही तत्वहरू सलबलाई रहेको र चलचित्रलाई विवादित बनाउन प्रयास गरिएको निर्माण पक्षको भनाइ छ। त्यसको उदाहरण चलचित्रलाई सेन्सर बोर्डले काँटछाँट गर्न लगाएको बाट पुष्टि हुन्छ।त्यसपछि पनि विभिन्न चरणमा निर्माता र कलाकारहरुलाई प्रत्यक्षअप्रत्यक्ष धम्की आउने गरेको थियो।
खड्काले जारी गरेको बिज्ञप्तिमा भनिएको छ-‘चलचित्रको प्रचार यसरी हुन थालेकी यो चलचित्र कुनै अमुक मुलुक विरोधी हो। यसकारण केही मधेश र हिमालका अति विवादित व्यक्तिहरुले यस चलचित्रलाई प्रतिवन्ध गर्न या नत्र सिनेमाहलमा आगो लगाउनेसम्मका वक्तव्यवाजी गरे।’
अन्तिम चरणमा केहि हलमालिकहरुले समेत काँडेतार चलचित्र लाई प्रयाप्त शो नदिएर बाधक बनेको बन्न र विदेशी हिन्दी फिल्मलाई करिव ११५ वटा शो र अङ्ग्रेजी फिल्मलाई करिव ७० वटा शो उपलब्ध गराइएको देखिन्छ। त्यससँगै दुई नेपाली चलचित्रलाई पनि आकस्मिक जुधाउन ल्याइएको र ८०/९० शो दिएको भन्दै सामना फिल्मसले भनेको छ-‘हाम्रो देशभक्ति चलचित्र “काँडेतार” लाई मुस्किलले करिव २३ वटा शो दिईएको थियो । त्यसमा पनि प्राइम टाइम दिइएको थिएन। हामीलाई थाहा थियो कि हामीमाथि संगठित गिरोह खनिएको छ। तर यसमा चलचित्र हलहरुबाट शो दिइँदा प्राइम टाइममा गडबडी हुन्छ हाम्रो कल्पनाभन्दा बाहिरको कुरा थियो। अन्तिम घडिमा चाल पाइयो तर त्यसबेला हामीले काँडेतारको प्रदर्शन रोक्न सम्भव थिएन। त्यसैले हामीले संकेतात्मकरुपमा चलचित्र शो गर्ने र आजबाट नै रोक्ने निर्णय गरेका थियौं, जुन कुरा हामीले चलचित्र हलवालालाई हिजो फागुन २५ मा नै जानकारी गराएका थियौं।’
बिज्ञप्तिमा अझै अगाडी भनिएको छ-‘हामीले काँडेतार निर्माण गर्ने कुरा गरेदेखि नै विभिन्न अपमान र लाञ्छना भोग्दै आएका थियौं।
देशभक्ति चलचित्रमाथि किन यति धेरै विभेद ?हामीले देशभक्ति चलचित्र बनाउनु के अपराध गरेकै हौ ? के देशभक्ति कथामा बनेकाे चलचित्र चलचित्र नै होइन? ब्याबहारमा यस्तै देखियो।
यसको जवाफ हामीलाई सम्बन्धि सराेकारवालाले एक दिन दिनैपर्छ।’
खड्काले भनेका छन् -‘देशभक्ति चलचित्र माथिको भद्दा मजाक हामीलाई सह्य छैन। याे देशभक्ति चलचित्रको अपमान मात्र होइन; याे सिङ्गो देश र देशभक्त नागरिकहरुको ठुलो अपमानको रूपमा हामिले लिएका छौं, बिचार कहिल्यै मर्दैन।सिमानामा काँडेतार लगाएर माटाे र मान्छे जाेगाउने अभियानमा निरन्तर लाग्ने प्रण गर्दछौँ र आम, देश र देशभक्त नेपालीजन अनि मनप्रति पुन: एकपटक सम्मान ब्यक्त गर्दछौ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












