कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ। सङ्घले बेलबासेलाई व्यथित काव्य सम्मान र दाहाललाई व्यथित काव्य डायस्पोरा सम्मान प्रदान गर्ने भएको हो ।
साहित्यकार प्रमोद प्रधानको संयोजनमा साहित्यकारहरू पद्मावती सिंह र श्रीओम श्रेष्ठ ‘रोदन’ सदस्य रहेको सिफारिस समितिले गरेको सिफारिसअनुसार संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिले उक्त निर्णय गरेको हो । कवि बेलबासेका सागरको वरिपरि मनहरूको समारोह (२०५८), अचानक यो साँझ (२०६७), त्रासमा ईश्वर र अन्य कविताहरू (२०६९), यतैकतै (संयुक्त सात कविको समूह, २०७७) जस्ता कविता सङ्ग्रह प्रकाशित छन् ।
ढाकावाङ, अर्घाखाँचीका कवि ठाकुर बेलबासेले विनय रावल स्मृति प्रतिभा पुरस्कार, विराट नेपाल राष्ट्रिय कविता महोत्सव प्रथम पुरस्कार (२०५८) नेपाल राष्ट्रिय कविता महोत्सव ,नेप्रप्र (२०५८) तृतीय पुरस्कार, कविता महोत्सव -नेप्रप्र (२०६९) प्रथम पुरस्कार, लुनकरणदासगंगादेवी चौधरी नेपाल नवप्रतिभा पुरस्कार, युवा वर्ष मोती पुरस्कार, साझा पुरस्कार, भोग्यप्रसाद शाह पत्रकारिता पुरस्कार, राष्ट्रिय पत्रकारिता पुरस्कार , क्षत्रीय प्रतिभा पुरस्कार, ससिद्धि राष्ट्रिय कलाश्री पुरस्कार, त्रिचन्द्र देवकोटा सम्मान, जनमत पुरस्कार, महाकवि देवकोटा शताब्दी महोत्सव काव्य पुरस्कार, नै देरूनिख गौरव पुरस्कार, वनिता व्यथित काव्य पुरस्कार लगायतका पुरस्कार एवं सम्मान पाइसकेका छन् ।
यसैगरी लाब्री, तेह्रथुमका कवि खेमनाथ दाहालका श्वेतपत्र (महाकाव्य), रश्मि (खण्डकाव्य) तथा श्रद्धाञ्जलि, योद्धा, हावर्डको चौतारीमा, म त बन्दी भएको छु जस्ता कवितासङ्ग्रह प्रकाशित छन् । कवि खेमनाथ दाहाल गेरु (अम्बिका वाणी पुरस्कार, छन्दोबद्ध कृति पुरस्कार (अनेसास), साहित्य सन्ध्या नियात्रा पुरस्कार, पुष्पपराग साहित्य परम माया र कृष्णप्रसाद थपलिया सम्मान, मिलाप राष्ट्रिय विशेष व्यक्तित्व सम्मान लगायतका पुरस्कार पाइसकेका छन् ।
वि स २०३९ मा स्थापना गरिएको व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतका प्रतिभाशाली कविलाई साहित्यिक पत्रकार सङ्घबाट प्रदान गर्ने गरिन्छ । यस पुरस्कारबाट यसअघि कविहरू दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मेघराज मन्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मन्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुँद राना, नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, महेश प्रसाई, मोहन दुवाल, कृष्ण जोशी, डा. राममान तृषित, विमल निभा, नरेश शाक्य, मधुसूदन गिरी, अनिलकुमार अनल, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र गदाल, बाबा बस्नेत, राजेन्द्र शलभ, धीरेन्द्र प्रेमर्षि, शशी थापा, डा. दामोदर पुडासैनी, सन्ध्या पहाडी, शेखर ढुङ्गेल, उदय निरौला, श्रवण मुकारुङ, रमेश श्रेष्ठ, कृसु क्षेत्री, मोमिला जोशी र गीता कार्की सम्मानित भइसकेका छन्।
यसैगरी ‘व्यथित काव्य डायस्पोरा सम्मान’ बाट कविहरू हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) र शकुन ज्ञवाली (अमेरिका) सम्मानित भइसकेका छन् ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












