क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । गोरखामा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१९ का १९ वर्षीय प्रिन्स अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुब्र प्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार आइतबार साँझ ८ बजेको समयमा गोरखा नगरपालिका–१० हुल्चेमा निर्माणाधीन अविनाश अर्बाएकर प्रालि ह्रयाचरीमा काम गरिरहेका बेला नम्बर नखुलेको क्रेन एक्कासि ब्रेक फेल भई काम गरिरहेको स्थानबाट २० मिटर तल खोलामा खस्न जाँदा सोही प्रालिमा काम गर्ने अन्सारीको क्रेनले चेपी मृत्यु भएको उनले बताए ।
मृतक अन्सारीलाई जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोली पुगी प्रारम्भिक अनुसन्धान पुरी गरी मृतक प्रिन्स अन्सारीको लास पोस्टमार्टम कार्यको लागि जिल्ला अस्पताल गोरखाको सब गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
सोही क्रेनका चालक पर्सा जिल्ला वीरगन्ज महानगरपालिका – ३० स्थायी घर भएका २४ वर्षीय अजहर अन्सारीलाई नियन्त्रणमा लिई उक्त घट्नाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शर्माको भनाई छ ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











