विद्युतकर्मी साहित्यिक समाजको अधिवेशन विभिन्न कार्यक्रमसहित सम्पन्न
काठमाडौं। नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले विभिन्न कार्यक्रमहरुका साथ आठौं अधिवेशन सम्पन्न गरेको छ । समाजले स्रष्टा सम्मान, पत्रिका विमोचन तथा वसन्त काव्य गोष्ठीसहित आफ्नो आठौं अधिवेशन शनिबार (जेठ १०) सम्पन्न गरेको हो । समाजका अध्यक्ष कृष्णदेव रिमालको सभापतित्व एवम् वरिष्ठ साहित्यकार प्रमोद प्रधानको प्रमुख आतिथ्यमा प्राधिकरण प्रधान कार्यालय, दरबारमार्ग, काठमाडौंस्थित सभाकक्ष (रुफटप हल) मा सो कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा नेपाल विधुत प्राधिकरणबाट सेवा निवृत्त हुनु भएका साहित्यकारद्वय भगवती प्रसाईं र दीपकप्रसाद दाहाललाई दोसल्ला र नगद राशि सहित ‘अमरज्योति साहित्य सम्मान- २०८२’ समर्पण गरिनुका साथै अमरज्योति साहित्यिक त्रैमासिकको ६६ औं अङ्क(२०८२, जेठ अङ्क) समेत लोकार्पण भयो। सो समारोहमा आयोजित वसन्त काव्य गोष्ठीमा प्रमुख अतिथि प्रमोद प्रधान, विशेष अतिथिहरू- विष्णु बहादुर सिंह, पुण्य प्रसाद घिमिरे, रामेश्वर राउत मातृदास, मन्जुश्री प्रधान लगायतका स्रष्टाले रचना वाचन गर्नुभयो । सम्मानित साहित्यकारद्वय भगवती प्रसाईं र दीपक प्रसाद दाहालले साहित्यिक समाजले योगदानको उचित मूल्याङ्कन गर्दै सम्मानित गरेकोमा खुशी व्यक्त गर्दै आ-आफ्नो सिर्जना सुनाउनु भयो।
उक्त कार्यक्रममा रचना वाचन गर्ने अन्य स्रष्टाहरूमा अच्युत प्रसाद पौडेल चिन्तन,रेणु अधिकारी मौनता, घनबहादुर थापा, थर्क बहादुर थापा,चिरन्तन विक्रम राणा, नारायण प्रसाद आचार्य, शारदा प्रसाद भट्टराई ( वशिष्ठ बन्धु),कविता पोखरेल,सुभाष अधिकारी,शारदा भट्टराई पोखरेल,रीता चालिसे खनाल,आविष्कार कला,कृष्णदेव रिमाल ‘शब्दसेना’,विष्णु आचार्य ‘अतृप्त’, मुकुन्दप्रसाद प्रसाईं, बलराम पुडासैनी,अनिल पौडेल,मिमन पुलामी,कृष्ण मोहन जोशी, राजु शर्मा, रमेश तिमल्सिना ‘सागर’ शारदा पराजुली लगायत रहनु भएको थियो।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि प्रमोद प्रधानले सिर्जनशीलता सबै मानवमा निहित गुण रहेको धारणा राख्दै सिर्जनशीलताको प्रस्फुरणले आनान्दानुभूति दिलाउने विचार प्रकट गर्नु भयो। उहाँले नेपाल विद्युत प्राधिकरणले धेरै साहित्यिक प्रतिभाहरू जन्माएको उदाहरण प्रस्तुत गर्दै प्राधिकरणका स्रष्टाहरूको सिर्जनशीलता कार्यालयको घेराबाट बाहिर निस्केर राष्ट्रियस्तरसम्म पुग्नु पर्ने धारणा राख्नु भयो।
कार्यक्रमका सभाध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ ले साहित्य समाजका लागि योगदान दिने अग्रजहरूको स्मरण गर्दै भौतिकका साथै भावात्मक बिजुली उत्पादनमा समेत समाज कृयाशील रहँदै आएको विचार प्रकट गर्नुभयो।उहाँले कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सक्रिय उपस्थिति जनाउनु हुने सम्बद्द सबै पक्षलाई धन्यवाद ज्ञापन पनि गर्नुभयो।
सोही अवसरमा सम्पन्न भएको विद्युतकर्मी साहित्यिक समाजको आठौं अधिवेशनले ३ वर्षको कार्यकालका लागि विष्णु आचार्य ‘अतृप्त’को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्यो। समितिका अन्य पदाधिकारीहरूमा शारदा पराजुली (उपाध्यक्ष) , युवराज शर्मा ( सचिव), भोलानाथ शर्मा (सहसचिव) र मुकुन्द प्रसाद प्रसाईं (कोषाध्यक्ष) रहनु भएको छ भने कार्यसमिति सदस्यहरूमा सङ्गीता पौडेल अधिकारी, बलराम पुडासैनी, रीता चालिसे खनाल, मिमन पुलामी, अनिल पौडेल र रामराजा ओझा रहनु भएको छ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, विशेष अतिथि,अतिथि स्रष्टाका साथै साहित्य समाजका पूर्व अध्यक्ष एवम् निर्वाचक मण्डलका पदाधिकारीहरू- विष्णु बहादुर सिंह, पुण्यप्रसाद घिमिरे तथा रामेश्वर राउत मातृदासलाई समाजको तर्फबाट ‘मायाको चिनो’ प्रदान गरिएको थियो। सो कार्यक्रमको सहजीकरण विद्युतकर्मी साहित्यिक समाजका सचिव विष्णु आचार्य ‘अतृप्त’ ले गर्नु भएको थियो भने समाजका सदस्य भोलानाथ शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए नयाँ गित (भिडियोसहित)
काठमाडाैं । चर्चित गायक घमेस दुलाल र रिता कुलुको आवाजमा मत पलास बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। पुकार...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...












