गायन प्रतियोगितामा प्रथम भए शशाङ्क
काठमाडौं । बसुन्धरा नेशनल एकेडेमी, बसुन्धराले आयोजना गरेको ‘पाँचौ उपत्यकाव्यापी अन्तर विद्यालयस्तरीय एकल गायन प्रतियोगिता’मा काठमाडौं इन्टरनेशनल स्कुल गौरीघाटका शशाङ्क सापकोटा प्रथम भएका छन् ।
प्रतियोगितामा टाइमलाइन इन्टरनेशनल स्कुल जोरपाटीकी आयुष्मा राई दोस्रो र त्रिमूर्ति सह–शिक्षालयका अतित लकान्द्री तेस्रो बने ।
ल्यावरेटोरी स्कुलका प्रोशेष पाण्डे र पुष्प बाटिका स्कुलका उदय पाण्डेले सान्तवना पुरस्कार पाए ।
कार्यक्रममा ल्यावरेटोरी स्कुलका रमेश सुवेदी र काठमाडौ इन्टरनेशनल स्कुल गौरीघाटका विनय बर्मा ‘उत्कृष्ट संगीतकार’, प्रेम राई ‘परिक्षित’ र ताराप्रसाद ओस्ती ‘उत्कृष्ट रचनाकार’ घोषित भए ।
विजयी प्रतियोगीहरुलाई प्रमुख अतिथि वरिष्ठ गायिका मीरा राणाले नगदसहित मेडल र प्रमाण पत्र प्रदान गरेकी थिईन् ।
काठमाडौं उपत्यकाका ४० विद्यालयका प्रतियोगी विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगिताको निर्णायकमा संगीतकार महेश खड्का, संगीतकार विष्णु अधिकारी, गायक उदय सोताङ र गीतकार राम भट्टराई रहेका थिए । कार्यक्रममा वरिष्ठ गायिका कुन्ति मोक्तानको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक संगीतकार डेनी निरौलाले विजयी प्रतियोगीहरुको गीत रेकर्ड गरि एल्बम निकालिने बताए ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











