ताजा समाचार

किन चिन्तित बनिन् अभिनेत्री जैक्लीन ?

jackielin_aमुम्बई । सेलीब्रेटीको जिन्दगीमा उतार चढाव हुनु सामान्य कुरा हो । बलिउड अभिनेत्री जैक्लीन फर्नांडिसले कतिपय चिज कुनै समयमा मूखर्तापूर्ण हुने गरेको उल्लेख गरेकी छिन् । उनले सर्वसाधारणले सेलीब्रेटीहरूको समस्या नबुझेकोमा चिन्ता जनाएकी हुन् ।

सर्वसाधारण व्यक्तिहरूले कतिपय समयमा भुल्ने गरेका हुन्छन् कि सेलीब्रिटी पनि आमव्यक्ति हुन भनेर । ३१ वर्षीया अभिनेत्री फर्नांडिलले कलाकारसँग सधैँ अनुशासनमा होउन भन्ने चाहना राख्नुले कलाकारमा ठूलो समस्या उत्पन्न हुने गरेको बताएकी छिन् ।

‘एउटा सेलिब्रिटीका रुपमा धेरै अपेक्षा गरिएको हुन्छ । यो मूखर्तापूर्ण पनि हुन सक्छ । व्यक्तिहरूले कतिपय पटक भल्ने गरेका हुन्छन् । हामी पनि सर्वसाधारण व्यक्ति हौँ भनेर भुल्नु हुँदैन’, जैक्लीन फर्नांडिसले भनेकि छिन्, ‘अरु व्यक्ति सरह हाम्रो जीवनमा उतार चढाव हुने गरेको छ ।’ त्यसले कलाकारको जीवनमा ठूलो प्रभाव पर्ने गरेको उनको भनाइ छ । – एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org