ताजा समाचार

‘तस्बिरले यति चर्चा पाउला भनेर सोँचेकी थिइन’

kim-ssलसएञ्जेल्स । मार्च महिनामा कपडा निकालेर लिएको आफ्नो सेल्फी सामाजिक सञ्जालमा राखेरका कारण खलबली मच्चाएकी टिभी कलाकार किम कर्दशियांले तस्बिरले यति धेरै बवाल र नाटक होला भनेर आफूले नसोँचेको बताएक छिन् । उनले सेल्फीलाई लिएर यति धेरै बवाल नगरेको भए हुने थियो भनेर शुचेच्छुकहरूलाई भने कि छिन् ।

‘किपिंग अप विद द कर्दशियां’ स्टारले आफ्ना कामोत्तेजक तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन । किमको शरीरलाई दुई वटा पट्टिले संवेदनशील अंगलाई सामान्य रुपमा छोपेका थिए ।

‘फीमेलफस्ट डट कम डट यूके’को रिपोर्ट अनुसार किमले ती तस्बिरहरूले धेरै हल्लाखल्ला भएको ठानेकि छिन् । ‘मैले ती नाङ्गा तस्बिर मजाक मजाकमा सामाजिक सञ्जालमा शेयर गरेकी थिए’, किमले भनेकि छिन् । बच्चा जन्माएपछि आफ्नो शरीर कस्तो छ भनेर शुभेच्छुकहरूले थाहा पाउन भनेर अर्ध नग्न तस्बिर सार्वजनिक गरिएको उनको दाबी छ ।

तस्विरहरू सामाजिक सञ्जालमा शेयर गर्ने बेला आफूले यति धेरै चर्चा होला भनेर कहिल्यै नसोँचेको उनको भनाइ छ । ‘मैले आफ्ना संवेदनशील अंग पट्टिले ढाकेको थिएँ’, किमले भनेकी छिन् । मैले यस कुरालाई मजाकका रुपमा लिएको छु ।’ – एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org