मण्डलामा सरुभक्तको ‘ज्यानमाया’ मञ्चन
न्युज-नेपाल संवाददाता/काठमाडौं, ९ असोज । प्रेम, सङ्घर्ष र दुःखदको सम्मिश्रण भएको ‘ज्यानमाया’ नृत्य नाटिका अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भैरहेको छ ।
चर्चित साहित्यकार सरुभक्तद्वारा लिखित कथामा आधारित ‘ज्यानमाया’ मा प्रेम गर्न सजिलो हुन्छ तर भूमिका निर्वाह गर्न गाह्रो हुन्छ भन्ने कुरालाई नाटकमा देखाईएको छ । त्यस्तै प्रेमील मनले आँटेपछि संसारको कुनै कुराले रोक्न सक्दैन भन्ने सन्देश नाटकले दिन्छ ।
कुशल नृत्याङ्गना समेत रहेकी नम्रता केसीको निर्देशन एवम् परिकल्पनामा रहेको उक्त नाटकमा नृत्यद्वारा नै भाव व्यक्त गरिएको छ ।
गाउँबाट भागेर बिवाहा गरेका एक युगल जोडीको प्रेमकथा नाटक ज्यानमायाको मूल विषयवस्तु रहेको छ । भाग्यले सताइएका र विपन्न वर्गको प्रतिनिधित्व गर्ने मने र कान्छीले आप्mनो प्रेम बचाउ गरेको प्रेम संघर्षलाई संगीत र नृत्यको माध्यमबाट नाटकको कथानकमा बुनिएको छ ।
नाटकका पात्र मने र कान्छिको प्रेम प्रसङ्गबाट नाटक सुरु हुन्छ । मौलिक नेपाली गाउँले परिवेशबाट नाटकका दृश्य झल्किन्छन् । आर्थिक स्थिति अत्यन्त कमजोर भएका मने र कान्छी घरबाट भागेर सहर आउँछन् । सहरमा आएर पनि उनीहरुको दुःखको अन्त्य हुँदैन । दुवै पहाडबाट स्याउ बोकेर बजार ल्याउने भरिया समुहसँग मिसिन्छन् । भरियाको कष्टपूर्ण जीवनलाई उनीहरुले प्रतिनिधित्व गर्छन् । भारी बोक्ने क्रममा भीरबाट चिप्लिएर लडेपछि मनेको मृत्यु हुन्छ । मनेको मृत्युको खबर सुनेर कान्छीले पनि प्राण त्याग्छिन् । सुन्दर घर बसाउने उनीहरुको सपना अधुरै रहन्छ ।
आप्mनो गीतिकाव्य नाटकमा रुपान्तरण भई रंगमञ्चमा प्रस्तुत भएपछि सरुभक्तले खुसी हुँदै ज्यानमाया बारे भन्नुहुन्छ, ‘ देश र जीवनमा अनेक सौन्दर्य छन् । जहाँ सौन्दर्य छन् त्यहाँ कुरुप पनि विद्यमान छन् । यिनै सुन्दरता र कुरुपताबीच जीवनको अर्थवता खोज्दा ज्यानमाया जन्मेको हो । मायाका धेरैधेरै कथाहरुमध्ये ज्यानमाया हिमाल–पहाड धरातलमा रचना गरिएको संघर्षशील श्रमजीवी कथाब्यथा हो र यही रुपमा मलाई यो गीतिकाव्य प्रिय लाग्छ उहाँले भन्नुभयो ।
सोमबारबाहेक हरेक साँझ पाँच बजे करिब एक घण्टा मञ्चन भैरहेको नाटक ज्यानमायामा प्रतीक दुलाल, कृपा बज्राचार्य, रियर राई, निशा कार्की, संयोग गुरागाईं, शारदा अधिकारी, कुन्ती सिमाली, सुरज श्रेष्ठ, मनिषा थापा बस्नेत र नेहा तामाङको अभिनय देख्न सकिन्छ । नाटक यही असोज १५ गतेसम्म मञ्चन हुनेछ ।
थप तस्बिर
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...















