अलग भयो प्रेमगीतको समूह
काठमाडौं । ‘प्रेमगीत’ फिल्म समूहमा आन्तरिक बिबादले उग्ररुप लिएपछि निर्माता र निर्देशक विभाजित भएका छन् । निर्माता सन्तोष सेन र निर्देशक सुदर्शन थापाबीच अहिले बोलचाल नै हुन छाडेको छ ।
निर्माता सन्तोषले ‘प्रेमगीत’का अभिनेता प्रदीप खड्कालाई लिएर ‘प्रेमगीत २’ बनाउने घोषणा गरेका छन् । ‘प्रेमगीत’का निर्देशक सुदर्शन थापाले अभिनेत्री पूजा शर्मालाई राखेर ‘म यस्तो गीत गाउँछु’ नामक फिल्म बनाउने भएका हुन् ।
निर्माता र निर्देशकवीच बिबाद आउनुको कारण खुल्न नसकेपछि स्रोतहरूका अनुसार फिल्मको कमाइ र त्यसले आर्जन गरेको गुडवीलका विषयमा मनमुटाव हुँदै आएको थियो । त्यसको प्रत्यक्ष असर अहिले आएर देखिएको छ ।
दुबै समूहले आ–आफू निकटका कलाकारलाई लिएर अलग अलग फिल्म बनाउने घोषणा गरेसँगै नेपाली फिल्मभित्र कतिसम्म आन्तरिक द्वन्द्व हुन्छ भन्ने देखाएको हो ।
गत वर्ष ‘प्रेमगीत’ फिल्मको ‘म यस्तो गीत गाउँछु, त्यो प्रेमगीत बनोस्…’ बोलको गीतले राम्रो चर्चा र कमाइ गरेको थियो । त्यही टिमका दुई ग्रुपले बनाउने नयाँ फिल्महरूले कति प्रभाव छाड्ने हुन् फिल्म बनेपछि परिणाम देखिनेछ ।
Comments
अरु समाचार
-
दुई विदेशी कलाकारका कला साताव्यापी प्रर्दशन गरिने
काठमाडौँ: ‘आन्तरिक परिदृश्य’ शीर्षकमा दुई विदेशी कलाकारका कला साताव्यापी रूपमा प्रर्दशन गरिने भएको छ । ताइवानकी चाउ मेङ येह र...
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...