कस्तो छ बलिउड कलाकारको बानी ?
मुम्बइ । बलिउड कलाकारको शैली आ–आफ्नै खालको छ । क्यामराको सामुन्ने पर्दा कोही हाँसेरै टार्छन् त कोही रिसाउन पनि बेर मान्दैनन् । अफेयर र सम्बन्ध बिग्रेका जस्ता प्रश्न लगभग सबै कलाकारले भोगेका छन् ।त्यस्ता प्रश्नको जवाफ दिनु उचित मान्दैनन् धेरै कलाकार । हाँसेरै टारिदिन्छन् । कोही कलाकार यस्ता पनि छन् मदिरा पिएरै क्यामेरा अगाडि उभिन्छन् । हेरौं, कसको स्वभाव कस्तो रहेछ : सलमान खानको स्वभाव अचम्मको छ । कहिले मिडियाकर्मीसँग हाँसेर कुरा गर्छन् त कहिले आँखा पनि तर्छन् । कतिपय अवस्थामा रमाइलो पनि गर्छन् । यतिसम्म कि विवाह वा अदालतका बारेमा कसैले प्रश्न सोध्यो भने उठेर हिँड्न बेर मान्दैनन् ।
प्रायः उनी मञ्चमा उपस्थित हुँदा ग्रिन टी वा डाइड कोकको साथमा हुन्छन् । केही वर्षपहिला उनले बियर पिउँदै अन्तरवार्तासमेत दिएका थिए । त्यस्तो अन्तर्वार्तामा उनले क्यामरा प्रयोग गर्न दिँदैनथे ।
आमिर खान, शाहरुख खान र प्रियंका चोपडाको बानी लगभग उस्तै छ । उनीहरू मिडियासँग लामो कुरा गर्छन् । कुरा गरेर मिडियामा आएको कुरालाई उनीहरू मिडियाले ‘मिसकोड’ ग¥यो भन्न पनि पछि पर्दैनन् ।
आफूले बोलेको कुरा गडबडी भएको थाहा पाइन् भने प्रियंका हाँसेर सम्हालिहाल्छिन् । अन्तरवार्ता दिने क्रममा शाहरुख र प्रियंकाको साथमा कफीको मग हुन्छ । अन्तरवार्ताका क्रममा आमिर चिया पिउँछन् ।
अक्षय कुमार असाध्यै सीमित बोल्छन् । उनी प्रायः बिहानको कार्यक्रममा मात्रै सहभागी हुन्छन् । बोल्दाखेरि विवाद नहोस् भन्नेमा सचेत छन् अक्षय । कतिपय प्रश्नको जवाफ नदिएरै टार्छन् । उनी अन्तर्वार्ताका समयमा प्रायः जुस पिउँछन् । दीपिका पादुकोण, रणवीर कपुर र आलिया भट्ट सामाजिक सञ्जालमा सक्रिय भए पनि सार्वजनिक कार्यक्रममा मिडियासँग धेरै बोल्दैनन् ।

ब्रेकअप वा अफेयरका बारेमा सोधिएको प्रश्नमा हाँसेरै टार्ने स्वभाव उनीहरूको रहेको छ । यी कलाकारलाई मिडियाले बढी नै प्रेसर दिन थाल्यो भने सहयोगीमार्फत उनीहरू कार्यक्रम टुंग्याउनेतिर लाग्छन् ।
अमिताभ बच्चन सबै भन्दा सचेत कलाकारका रूपमा चिनिन्छन् । उनले बोलेको कुरा प्रायः विवादको विषय बन्दैन । राजनीतिक होस् या फिल्मी प्रसंग होस्, उनी हरेक प्रसंगमा सटीक टिप्पणी गर्छन् ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











