सामाजिक कामका लागि जीग्री पाँडले गरे यस्तो घोषणा (भिडियोसहित)
काठमाडौं । हाँस्य कलाकार कुमार कट्टेल (जीग्री) र अर्जुन घिमिरे (पाँडे) ले सामाजिक कामका लागि आफ्नो कमाइको पाँच प्रतिशत र वार्षिक दश वटा कार्यक्रम गर्ने घोषणा गरेका छन् । सामाजिक कामलाई निरन्तर रुपमा अघि बढाउने उद्देश्यले उनीहरुले यस्तो घोषणा गरेका हुन् ।
आफ्नो कमाइको अलवा जीग्री पाडे प्रतिष्ठानले वार्षिक दश वटा कार्यक्रम गरेर सामाजिक कामका लागि सहयोग संकलन गर्ने उद्देश्य राखेको प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेलले बताएका छन् । सामाजिक कामका लागि स्थापना गरिएको जीग्री पाडे प्रतिष्ठानले अहिले सप्तरीको गम्हरीया ४, प्रवाहका दृष्टिविहिन ३ परिवारका लागि घर बनाउने घोषणा गरेको छ ।
युवा सामाजिक अभियान्ता रमेश प्रसाद शाहको पहल र सप्तरी युथ नेपालको संयोजनमा उक्त ठाउँमा पुग्दा त्यहाँको दुरावस्थाले आफुहरुलाई केहि गर्नु पर्छ भन्ने भावना उत्पन्न भएको उनीहरुको भनाई छ । सप्तरीका त्यी तीन परिवारमा १७ जना सदस्य छन् उनीहरुलाई पाल्ने मुख्य व्यक्तिसहित ५ जना नै दृष्टिविहिन हुँदा दैनिक गुजरा चलाउन समेत समस्या छ । बस्नको लागि बास, शरिरमा लगाउने कपडा र खाद्यन्नको समेत अभावमा रहेकाले उनीहरुलाई सहयोग गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । केहि दिन अघि मात्र उनीहरुले दृष्टिविहिन परिवारका लागि लत्ताकपडा र खाद्यान्न वितरण गरेका थिए ।
३० लाख रुपैँया अनुमानित लागतमा निर्माण हुने उक्त घर बालमैत्री, अपांगमैत्री र धुवाँरहित बनाइने जीग्री पाँडे प्रतिष्ठानले जनाएको छ । दृष्टिविहिनका लागि घर बनाउने अभियानका लागि सहयोग गर्न प्रतिष्ठानको कृषि विकास बैंकको खाता नं. ०२१०६०११२९५९३०१२ वा प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरेको नाममा रेमिट्यान्समार्फत पनि सहयोग पठाउन सकिने जीग्री पाडेले जानकारी दिएका छन् ।
यसैबीच, धुर्मुस सुन्तलीले देखाएको बाटोमा आफुहरु पनि हिँड्ने जर्मको गरेको जीग्री पाडेले बताएका छन् । “उहाँहरुसँगको सहकार्य र ऐक्यबद्धता अहिले पनि जारी छ, त्यसबाट पाएको शिक्षाको प्रतिफलस्वरुप दृष्टिविहिन परिवारका लागि घर बनाउने आँट गरेका हौँ”, कुमार कट्टेल बताउँछन् । देखासेखी वा प्रतिश्पर्धा भन्दा सामाज परिर्वतनका लागि आफुले सकेको सहयोग गर्नु हरेक नागरिकको कर्तव्य भएकाले त्यहि कर्तव्य आफुहरुले पालना गरेको प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरेको भनाई छ । यो कामका लागि सहयोगी हातहरुको साथ आवश्यक रहेकोले सहयोगका लागि प्रतिष्ठानले सबै समक्ष अपिल गर्दै भिडियो सार्वजनिक गरेको छ ।
हेर्नुस भिडियो ।
https://www.youtube.com/watch?v=D5TW4qVLBxU
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












