हिमाल सागर र प्रतापले इटहरामा नचाए दर्शक
उर्लाबारी १७ माघ । दिपावलीको अवसरमा मोरङको इटहरास्थित सरस्वती उच्च माविमा आयोजित बृहत साँस्कृतिक कार्यक्रम तथा खुल्ला नृत्य प्रतियोगितामा चर्चित गायक हिमाल सागर, नेपाली तारा प्रताप लामाले दर्शक दीर्घालाई सांगीति मनोरन्जन दिलाएका छन् । इटहरा एकता क्लवको आयोजनामा आयोजित उक्त कार्यक्रममा दर्शक दिर्घाको उल्लेख्य थिए भने युवा युवती जोडी हिमाल सागरको गीतमा रमाएको मात्र थिएन, बिन्दास मुडमा ननस्टप कराईकराई उफ्रि उफ्रि नाँचे ।
न मैले देखे न उनले देखिन गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका हिमालले माया कहिले मुस्कुराउने, कहिले रिसाउने, आज किन तिमि के मा झुक्यौ जस्ता गीतहरु गाएर कार्यक्रमलाई बढी भन्दा बढी मनोरन्जनात्मक बनाए । नेपाली तारा प्रताप लामाले पानी परयो असिना झरयो र तुलसी आगनमा रौपौला गीत गाएर दर्शक दीर्घालाई नचाउन सफल भए । कान्तिपुर एफ एममा हटसट रहेका बिक्रम कालिकोटेले पनि आधुनिक गीत गाएर दर्शक दीर्घाको मन जित्न सफल भएका थिए । आरजे सृष्टि भट्टराई र सुजित जसवालले सन्चालन गरेको उक्त कार्यक्रममा उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुख तथा समाजसेवी भीमप्रासद लामिछानेको प्रमुख आतिथ्यतामा रहेको थियो ।
क्लवका अध्यक्ष डम्बर तामाङले कार्यक्रम सम्पन्न सहयोग गर्नुहुने सबैमा धन्यवाद व्यक्त गरे । कार्यक्रम संयोजक प्रेम बास्तोलाले लागू औषध दुव्यर्सन रहित सुन्दर समाजको परिकल्पना तथा संगठनको एकता र माहौलको लागि उक्त कार्यक्रमको आयोजना गरिएको बताए । उक्त अवसरमा आयोजित खुल्ला नृत्य प्रतियोगितामा अन्नपुर्ण बोर्डिङ स्कुल प्रथम, आशा लिम्बू र निश्चल धिमाल दोस्रो, सयपत्रि बोर्डिङ स्कुल तेस्रो र दुर्गामाबि तेस्रो भए ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











