फ्रान्सेली आइरिस बनिन् मिस युनिभर्स
एजेन्सी । फ्रान्सकी २३ वर्षीया सुन्दरी आइरिस मित्तेनायरेले यस वर्षको मिस युनिभर्सको उपाधि जितेकी छन् । सोमबार फिलिपिन्समा सम्पन्न प्रतियोगितामा ताज पहिरिएपछि मिस फ्रान्ससमेत रहेकी आइरिसले मानिसको दाँत र मुखको स्वच्छता र सुरक्षार्थ आफ्नो उपयोगिता सिद्ध गर्ने बताएकी छन् । त्यसो त उनी डेन्टल सर्जन बन्ने लक्ष्यसहित अध्ययनरत छिन् । मिस युनिभर्स उपाधिका लागि यस संस्करणमा विश्वभरका ८६ सुन्दरी सहभागी थिए ।
फ्रान्सले आइरिस सुन्दरीको ताजसँगै दोस्रोपटक मिस युनिभर्सको ताज जितेको हो । यसअघि सन् १९५३ मा क्रिस्टियान मार्टेलले जितेपछि झन्डै ६३ वर्षको ताज खडेरीलाई आइरिस मित्तेनायरेले तोडिदिएकी हुन् । फ्रान्सको उत्तरी भेगमा रहेको लिली सहरकी उनले मिस युनिभर्सका लागि आफ्नो नाम घोषणा भएपछि खुसीले अत्तालिँदै मुख छोपेकी थिइन् । आइरिसलाई गतवर्षकी मिस युनिभर्सले ताज पहिर्याइदिएकी थिइन् ।
त्यसैगरी, २५ वर्षीया मिस हाइटी राक्वेल पेलिसायरले फस्र्ट रनरअपमा चित्त बुझाउनुपर्यो भने मिस कोलम्बियन २३ वर्षीया सुन्दरी एन्ड्रिया तोभार मिस युनिभर्सको सेकेन्ड रनरअप भइन् । हाइटी सुन्दरी सन् २०१० को महाभूकम्पपीडित पनि हुन् भने कोलम्बियाली सुन्दरी तोभार डिजाइनर र फोटोग्राफर पनि हुन् ।
‘मलाई लाग्छ, फ्रान्स र युरोप दुवैले मिस युनिभर्सको ताज निकै चाहिरहेका थिए,’ मिस युनिभर्स आइरिसले उपाधिपछिको पत्रकार सम्मेलनमा आफ्नो उपाधि त्यसैले पनि बढी महत्त्वपूर्ण रहेको जिकिर गरेकी थिइन् । उनले सौन्दर्य प्रतियोगिता फ्रान्समा खासै लोकप्रिय नरहेको उल्लेख गर्दै थपिन्, ‘तर पनि फ्रान्सेली जनताले उपाधिप्रति अब प्रेम दर्साउने छन् र प्रत्येक वर्ष मिस युनिभर्स हेर्नेछन् ।’ उनले आफूले क्राउनलाई युरोप भित्र्याउन पाउँदा गर्व महसुस गरेको बताइन् । मिस युनिभर्सले अब उप्रान्त बच्चा र खासगरी युवतीलाई स्कुल भर्ना गराउनेतर्फ पनि आफ्नो अभियान थालिने बताएकी छन् ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












