चलचित्र ’14 February’ ले प्रेमी प्रेमिकाहरुको मन जित्यो
काठमाडौं । भनिन्छ : माया , प्रेम भनेको प्राप्त गर्न सक्नु मात्र पनि होईन । त्यसलाई गुमाउन सक्ने क्षमता हुनुपर्छ हरेक प्रेमी प्रेमिकाहरुको साथमा । विश्वभर प्रणय दिवसलाई सबैले मनाईसकेका छन् ।
दर्पण राईको कथा तथा निर्देशनमा बनेको ‘भ्यालेनटाईन्सन डे’ विशेष १४ फ्रेबुअरी ले साँचो माया गर्नेहरुको मन जित्न सफल भएको छ । उनको कामलाई नेपाली दर्शकले खुलेर नै प्रशंसा गरेका छन् । पन्ध्र मिनेट लामो यस ‘१४ फ्रेबुअरी’ साँचो माया र प्रेममा परेकाहरुलाई लक्षित थियो । दर्पण राईले उठाएका कथावस्तुले नेपाली दर्शकको मन जित्न सफल भएका छन् ।
गीतकार तथा मोडल दर्पण राई निर्देशित यस सर्ट चलचित्रलाई आइतबार ९ फ्रेबुअरीमा पोखरामा भएको भ्यालेनटाईन्स डे विशेष ‘भ्यालेनटाईन्स स्पेसल’नामक एक कार्यक्रममा राष्ट्रियस्तरका गायक राजेश पायल राई साथै अन्य दर्जनौं कलाकारका साथमा रिलिज गरिएको हो ।
यो चलचित्रले चर्चा बटुलिरहेको छ त्यो भन्दा पनि आवाज बिना नै प्रेममा भावनाहरु तरंगित गरेका पाटोलाई सबैले खुलेआम प्रशंसा गरेका छन् ।
यो चलचित्र सारा विश्वका मानिस प्रति लक्षित थियो भन्दा फरक नपर्ला किनभने संसारका हरेक मानिसले बुझ्न सक्छन । अन्य मुलुकका दर्शकले नेपाली भाषा नबुझ्न सक्दछन् तर यो चलचित्रमा आवाज नभएकोले सबैले बुझ्न सक्छन् । यस साइलेन्स सर्टमा चलचित्रमा दर्पण राई र सम्झना राईले आफ्नो दमदार अभिनय गरेका छन् । करिब १५ मिनेटमा सत्य प्रेममा के हुन्छ रु के हुन्न ? भन्ने स्पष्ट रुपमा दर्साएका छन् ।
एमएमएस इन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘१४ फ्रेबुअरी’ का लागि म्युजिक गायक तथा संगीाकार विनय केटुले गरेका हुन् भने सम्पादन प्रेम शर्माले । ‘१४ फ्रेबुअरी’लाई एमएमएस इन्टरटेनमेन्टले नै आफ्नो यु–ट्युबमार्फत सार्वजनिक गरेको हो । यस चलचित्रलाई डम्मर राईले खिचेका हुन् ।
चलचित्रलाई १४ फ्रेबुअरी’ नाम प्रदान गरिएको भएतापनि यो कथा हरेक दिन सकिने आम दर्शकले बताए । छोटो समयमा नै दर्शकको आखाँमा आशु खसाल्न बनाएको छ यो चलचित्रले । चलचित्रमा असफल प्रेम कथा भएको भएतापनि संसारका सबै मानिसको प्रेम सफल होस् भन्ने शुभकामना समेत दर्पण राईले दिएका छन् ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











