चलचित्र ‘मुनलाइट’ ले पायो उत्कृष्ट ओस्कर अवार्ड
काठमाडौं । विश्वप्रसिद्ध ओस्करको ८९ औँ संस्करणको उत्कृष्ट चलचित्रको अर्वाड मुनलाइटले जितेको छ ।
सर्वाधिक १४ विधामा मनोनयनमा परेको लाला ल्यान्डलाई पछि पार्दै मुनलाइटले सर्वोत्कृष्ट चलचित्रको उपाधि जितेको हो ।
लाला ल्याण्डले भने ६ वटा विद्यामा अवार्ड हात पार्यो । ओस्कर अन्तर्गत उत्कृष्ट अभिनेत्रीको अवार्ड लाला ल्याण्डकी एमा स्टोन र उत्कृष्ट अभिनेतामा चलचित्र म्यानचेष्टर बाइ द सी चलचित्रबाट केसे एफलेकले प्राप्त गरेका छन् ।
यस्तै उत्कृष्ट निर्देशक लाला ल्याण्डका डिमियन शेजलले प्राप्त गरेका छन् । यस्तै चलचित्र मुनलाईटका महेरशेला अलिले सहायक अभिनेता तर्फको उत्कृष्ट अर्वाड जितेका छन् फेन्सिसकी भोएला डेबिस उत्कृष्ट सहायक अभिनेत्री ठहरिएकी छिन् । यस्तै एनिमेटेड फिचर फिल्मको अवार्ड भने जुटोपियाले जितेको छ ।
विदेशी भाषाको तर्फको चलचित्र विधामा इरानको द सेल्समेन उत्कृष्ट बनेको छ । चलचित्रको जगतको सबैभन्दा ठूलो र सम्मानित अवार्ड ओस्कारको यो संस्करणमा २४ विधामा अवार्ड वितरण गरिएको थियो ।
अमेरिकामा लस एन्जल्सस्थित हलिउड डोल्बी थिएटरमा आयोजित अवार्ड वितरण कार्यक्रममा हलिउडकर्मीका साथै विश्वभरका कलाकर्मीको उपस्थिति रहेको छ ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












