पहिलोपटक अन्तर्राष्ट्रिय मिस प्रतियोगिता काठमाडौँमा हुने
काठमाडौँ । मयुर हिमालयन प्रालिले आगामी चैत ७ देखि १९ गतेसम्म काठमाडौँमा ‘मिस इन्टरकन्टिनेन्टल युनिभर्स’ प्रतियोगिता गर्ने भएको छ ।
नेपालको पर्यटन, सौन्दर्य क्षेत्रको प्रवद्र्धनका लागि गर्न लागिएको उक्त प्रतियोगितामा नेपाल, भारत, संयुक्त राज्य अमेरिका, रुस, बेलायतलगायत २५ देशका एक÷एकजना सहभागीले प्रतिस्पर्धा गर्नेछन् ।
सो संस्थाले बुधबार आयोजना गरेको पत्रकारसम्मेलनमा संस्थाका अध्यक्ष समीक्षा श्रेष्ठले नेपालको वेशभूषा तथा संस्कृतिलाई अन्तर्राष्ट्रिय तहमा पु¥याउन अन्तर्राष्ट्रिय तहको सो प्रतियोगिता गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सहभागी युवतीले अन्तर्राष्ट्रिय तहमा सम्बन्धित राष्ट्रका सम्पदा तथा संस्कृतिलाई एकआपसमा जानकारी गराउनेछन् । सहभागी प्रतियोगीले सर्वोत्कृष्ट व्यक्तित्व, फेसन, बहुआयामिक प्रतिभालगायतका क्षेत्रमा आ–आफ्नो अनुभव आदानप्रदान गरी त्यस विधामा सम्मान प्राप्त गर्नेछन् ।
उक्त प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः पाँच हजार, दुई हजार र एक हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ ।
मुलुकमा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको आयोजक संस्थाले नेपालमा पहिलोपटक यस किसिमको कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












