‘लुट्न’ सिकाउने चलचित्र लुट–२ !
काठमाडौं । चार वर्ष अगाडि रिलिज भएको चलचित्र ‘लुट’ले एउटा भिन्न नाम र परिचय बनायो । दर्शकको मन यसरी जित्यो की ‘लुट’का निर्देशक र ‘लुट’का धेरै कलाकारलाई स्थापित नै ग¥यो । खासै चर्चामा नआएका निश्चल बस्नेतले निर्देशन गरेको चलचित्रले नेपाली चलचित्रमा एउटा कोसेढुङ्गाको रुपमा स्थापित गरेको फिल्मका पण्डितहरु बताउँछन् । उनै युवा निर्देशन निश्चल बस्नेतले चार वर्षपछि तेस्रो चलचित्रका रूपमा पहिलो चलचित्रको सिक्वेल लुट २ लिएर दर्शकमाझ आएको दुई साता नवित्दै चलचित्रले आक्रामक व्यापार गगरेको छ ।
‘लुट’ मा हाकु ‘सौगात मल्ल’ले गोफ्ले ‘दयाहाङ राई’, पाण्डे ‘सुशीलराज पाण्डे’, खत्री ‘प्रतीकराज न्यौपाने’ र नरे ‘कर्मा शाक्य’ लाई पैसाको सपना देखाएर सहकार्यका लागि एक ठाउँमा भेला गराएको थियो । तर, अन्तिममा हाकुले उनीहरूलाई धोका दिएको थियो । जेल परेका उनीहरू भूकम्पका बेला जेल तोडेर भाग्छन् ।
रिसले बाघजस्ता भएका उनीहरू हाकुलाई खोज्छन् । पटक-पटक भेट्छन् पनि । बदला लिन खोज्छन् ।
तर, गल्लिबाट उठेर महलमा पुगेको ‘मास्तर प्लान’वाला हाकु पनि कमको हुँदैन ।
उसको ‘मास्तर प्लान’ यथावतै हुन्छ । गोफ्ले, पाण्डे, खत्री र नरेको जीवन भने घन्टाघरको घडीको सुई जस्तै यताउति हल्लिरहन्छ । मूलबाटो पक्रिन सक्तैन । यही हो ‘लुट–२’ को ‘मास्टर’ कथा । विद्यमान अस्थिर राजनीतिक, मौलाउँदो कालोबजारी र त्यसको परिणाम नै ‘लुट–२’ को लगलाइन हो ।
भारतले नेपालमाथि लगाएको नाकाबन्दीको मौका छोपेर गरिएको कालो धन्दा चलचित्रले छर्लङ्ग पारिदिएको छ । चलचित्रका मुख्य पात्रहरू नाकाबन्दीको मौका छोपेर मौन प्रशासनको फाइदा लुट्दै कालो धन्दामा सक्रिय हुन्छन् । राज्य बेखबर हुन्छ ।
भूकम्पको मौकामा जेलबाट भागेका नरे ‘कर्मा’, गोफ्ले ‘दयाहाङ’ पाण्डे ‘सुशील राज पाण्डे’, देवेन ‘प्रतिक राज न्यौपाने’ आफूलाई फसाएका हाकुसँग बदला लिन लाई दिनरात खोजिरहेका छन्। उनीहरूले हाकुलाई कसरी भेट्टाउँछन् र आफ्नो बदला लिन सक्छन् या सक्दैनन् यसैको सेरोफेरोमा चलचित्रको कथा रहेको छ।
‘लुट’ मन पराएका दर्शकलाई ‘लुट २’ कतिको राम्रो छ कि छैन ? भन्ने प्रश्नमा पत्रकार केदारनाथ नेपाल ‘निश्चल’ले ‘लुट २’ राम्रो रहेको प्रतिक्रिया दिए । कुनै पनि चलचित्रको सिक्वेल भनेपछि उही पात्र र जहाँ सकिएको हुन्छ कथा त्यहाँबाट सुरु भन्ने बुझिन्छ । जुन कुरा ‘लुट’को सिक्वेल ‘लुट २’ मा रहेको छ । चलचित्रले दर्शकलाई हसाउँनेसँगै चलचित्रमा सस्पेन्स् पनि रहेको छ । जसको कारणले पनि दर्शकलाई चलचित्र हेर्दासम्म बोर फिलिङ हुँदैन ।
करिब २ घण्टा १० मिनेटको चलचित्रमा कुनै कुनै दृश्यमा क्यामरा फोकश आउट हो की जस्तो लाग्छ । जसको कारणले दर्शकलाई हेर्दा किन सफा आएन् भन्ने लाग्न सक्छ । चलचित्रमा सबै कलाकारहरूको अभिनय दमदार छ । सौगातले आफूलाई ‘हाकुु’को रुपमा पहिलेको जस्तै गरी समाइरहेका छन् । दयाहाङ आफू ‘गोफ्ले’ बनेको भूमिकामा एकदमै दमदार छन् । ‘पित्तल’ बनेका विपिन कार्कीले आफ्नो अभिनयबाट पित्तललाई सहज रुपमा उभ्याएका छन्।
नरे बनेका कर्मा र खत्री बनेका प्रतिकले पनि पाएको भूमिकालाई सहज निर्वाह गरेका छन् ।
यसै गरी सिर्जना सुब्बा ‘पुतली’ र प्रविण खतिवडा ‘माने’को काम स्वभाविक छ। चलचित्रमा नवप्रवेशी अलिशा राईले पाएको ‘सुन्दरी’को भूमिकालाई पनि सहजै गरेकी छन्। यसैगरी कामेश्वर चौरसियाले राम्रो काम गरेका छन्। कामेश्वर चौरसियाको श्रीमती बनेकी सरिता साहले सानो रोल भएपनि राम्रो अभिनय गरेकी छिन् ।
निर्देशकका रूपमा निश्चल चलचित्रमामा सर्वोत्कृष्ट नभए पनि झुर्र पनि छैनन्। चलचित्रमा रहेका संवादका लागि भने निश्चल प्रशंसाका पात्र हुन्। ‘लुट’मा रहेको संवाद लयलाई उनले यसमा पनि उत्कृष्ट ढंगले निरन्तरता दिएका छन्। संवादहरु बोलिँदा हलमा दर्शकहरूले गर्ने हल्ला र तालीबाट उनको संवादहरुलाई दर्शकहरुले मन पराएको सहजै प्रमाणित हुन्छ ।
छायाँकारका रूपमा पुरूषोत्तम प्रधानको सिनेम्याटोग्राफी राम्रै रहेको छ। रोहित शाक्य तथा शैलेश श्रेष्ठको काम पनि तारिफ योग्य नै छ। दन्द्व निर्देशन राजकुमार उप्रेतीको काम पनि अब्बल नै रहेको छ। समग्रमा ‘लुट’ मनपराएका दर्शकलाई ‘लुट २’ले निराश भने पार्दैन। चलचित्र हेरिरहँदा दर्शकले मनोरञ्जन लिन्छन्।
Comments
अरु समाचार
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
घमेस दुलालले ल्याए नयाँ गित (भिडियोसहित)
काठमाडाैं । चर्चित गायक घमेस दुलाल र रिता कुलुको आवाजमा मत पलास बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। पुकार...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...











