विद्यार्थी माझ गायिका स्मृति शाही
सुर्खेत । सुर्खेतमा जन्मिएर आधुनिक गायनको क्षेत्रमा एउटा फरक पहिचान बनाउन सफल गायिका स्मृति शाही एड्भान्स वेटर ईग्लिस मेडियम सेकेण्डरी स्कुल वीरेन्द्रनगरमा देखा परिन् ।
विद्यालयका छात्र–छात्राहरुले उनलाई विद्यालयको मुलढोकामा देख्ना साथ पुष्पगुच्छा र फूलमालाले स्वागत गरेका थिए भने विद्यालयका सहायक प्राचार्य रुपेश पोखरेलले खादा ओडाएर सम्मान समेत गरेका थिए । दैलेखमा चलिरहेको पर्यटन महोत्सवमा सहभागी भएर फर्केकी स्मृतिलाई विद्यालयले आमन्त्रण गरपछि बुधवार एड्भान्स वेटर ईग्लिस मेडियम सेकेण्डरी विद्यालय पुगेकी हुन् ।
विद्यालयले आयोजना गरेको स्वागत कायृक्रममा बोल्दै स्मृतिले भनिन्, ‘मलाई ६ कक्षा पढ्दा देखिनै गीत गाउने रहर थियो । गायक बन्ने रहर थियो । तर, यति ठूलो अवसर पाउँछु बन्ने सोचेकी त थिएन । तर, पनि गायक बन्छु भन्ने आफूमा दृढ संकल्प चाहि थियो ।” अलिक भावुक बन्दै उनले थपिन “छोरी पढेर सरकारी जागिरे बनोस भन्ने घरपरिवारको चाहना थियो,गीतसंगीतप्रति त्यति चासो थिएन् ।
त्यसैलेपनि घरपरिवारबाट मलाई सहयोग थिएन, नजिक नजिक एसएलसी परीक्षा थियो म घरबाट भागेर छात्रवृतिको अन्र्तवार्तामा सामेल भए र छनौट पनि भए त्यसैगरी एसएलसी पनि पास भएँ, लगातार साधनामा तल्लिन भएँ । मेरा गुरुहरुले सधैं मेरा लागि भगवान सरह मलाई पे्ररणा साहस र उत्साह दिइरहनुभयो । म उहाँहरुले नै दिशानिर्देश गरेको मार्गमा बढीरहे र त्यसैको फलस्वरुप म आज तपाईहरुको सामु स्मृति भएर अहिले उभिरहेको छु । ’
विद्यार्थीहरुलाई नैतिकवान र चरित्रवान बन्न प्रेरित गर्दै उनले भनिन् “सदैव आफ्नो जीवनको लक्ष्य प्राप्तिको लागि दृढ संकल्पका साथ अघि बढ्नुहोस, संघर्ष गर्नुहोस सफलता आफ्नो अगाढी एकदिन आफै आउँछ । मैले अझ धेरै संघर्ष गर्न बाँकी नै छ । म संघर्ष गरिरहनेछु, मलाई आशा छ तर्पाइहरुपनि आफ्नो लक्ष्य प्राप्तिका लागि सधैं सघर्ष गरिहनु हुनेछ ।
यसरी आफ्नो संघर्षशिल यात्राको अनुभुति पछी विद्यार्थीहरुको अनुरोधमा चलचित्र प्रदेशीको “विछोडको करौतीले काट्नु मनै काट्यो” बोलको गीत प्रस्तुत गरिन त्यतिले मात्र नपुगेपछी “म मरेर के भो म जस्तो हजार पाइहाल्छौं” बोलको गीत समेत प्रस्तुत गरेकी थिईन। आफ्नो पारिवारिक भेटघाटको क्रममा यतिवेला सुर्खेतमा छिन ।
वुवाआमासँग केही दिन विताएर पुनः काठमाडौं फर्किने योजनामा रहेकी स्मृतिलाई छिमेकमै रहेको एड्भान्स वेटर ईग्लिस मेडियम सेकेण्डरी स्कुलले आयोजनाको कार्यक्रममा सहभागी भएर विद्यार्थीलाई लक्षयमा पुग्न दृढ संकल्पका साथ अघिबढ्न अनुरोध गरेकी हुन् । स्मृतिले १ हजार भन्दा बढी गीत रेकर्ड गरि सकेकी छन् ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












