‘कसमै तोडी जानेलाई के भन्नु र खै…’ गीति एल्वम बजारमा {भिडियोसहित}
काठमाडौं । नेपाली संगीत क्षेत्रमा थुप्रै कलाकारहरु छन् । तर, सबै स्थापीत पक्कै छैनन् । आवरणलाई मात्र हेरेर आउनेहरु खहरे खोला जस्तै आउँछन्, जान्छन् । साधना गर्नेहरु टिकिरहन्छन् । यस्तै संगीत जीवनका ल लागि साधना मेरुदण्ड हो । साधनाविना संगीत जीवनको कल्पना समेत गर्न नसकिने बताउँदै गायिका सीमा शाहले आफ्नो जीवनको अनुभूति सुनाएकी छन् ।
२०६० सालमा “कसरी बोलाउँ मायालु तिमिलाई…” भन्दै संगीत यात्रा आरम्भ गरेकी उनले अर्को गीतलाई झण्डै सात वर्षसम्म बोलाउन सकिनन्,कारण थियो साधना । आफ्नो व्यक्तिगत केहि समस्याका कारण रहँदा उनले साधना गर्न पाईनन् अनि गीतहरु पनि रेकर्ड हुन सकेनन् ।
रत्नबहादुर खड्गीको संगीत र राम भट्टराईका शब्दहरुमा २०६० सालमा पहिलो पटक आवाज भरेकी शाहले फेरि संगीत साधनालाई निरन्तरता दिदैं २०६८ सालमा “सीमा” नामको एल्बम बजारमा ल्याईन । त्यसपछि उनलाई पछि फर्केर हेर्नुपरेको छैन ।
बिभिन्न सांगीतिक कार्यक्रम,मेला३महोत्सवमा उनको माग बढ्दो छ । अहिले शाह निरन्तर साधना गर्छिन् र संगीतको औपचारिक शिक्षा पनि लिईरहेकि छिन् । तारा देवी र आशा भोश्लेको आवाजबाट प्रभावित भएर यो क्षत्रमा लागेको उनलाई सफल गायिका बनेर स्थापित हुने ठूलो ईच्छा छ । पहिलो एल्बमपछि दुई दर्जन फुटकर गीतहरुमा आवाज भरेकी शीमाले यो वर्ष ” सीमा २” लीएर बजारमा आएकि छिन्।
एल्बममा सातवटा गीत समावेस गरिएको छ । जसमा फूल हुँ म डाली डाली,मेरो हर श्वासमा,कसमै तोडी जानेलाई,भुलुँ कसरी,किन जुधे आँखा भन्थें,अल्झिंदा एकैछिन् बोलका गीतहरु समावेस गरिएको छ । सन्तोष पोख्रेल,सारिका घिमिरे,समीर राई,शंकर श्रेष्ठ,लय संग्रौला,अशोक महर्जन,ललित कुवँर लगायतका सर्जकहरुको शब्द रहेको एल्बममा बिक्रम थापा, करनराज कार्की,शंकर श्रष्ठ,अशोक महर्जन,राम थापा र रत्नबहादुर खड्गीले संगीत भरेका छन् । पछिल्लो समय एल्बमको भिडियोले राम्रो चर्चा बटुलीरहेको छ ।
भिडियो हेर्नुहोस्
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











