‘पर्पला’ अब सबैकी
काठमाडौं । नयाँ पुस्तक सार्वजनिक गर्न लेखक तथा प्रकाशकले साहित्य क्षेत्रका चर्चित व्यक्तिहरुको हातबाट विमोचन गराउने चलन छ । तर, साहित्यकार मिलन सङ्ग्रौलाद्वारा लिखित दोस्रो कृति ‘पर्पला’ को भने भिन्न तरिकाबाट विमोचन गरिएको छ । सङ्ग्रौलाको पहिलो कृति कथासङ्ग्रह च्याट–गर्ल हो ।
वुक–हिल प्रकाशनले बजारमा ल्याएको उक्त पुस्तक बुधबार नेपाल प्रज्ञाप्रतिष्ठानको प्राङ्गढमा सांगीतिक वातावरणकाबीच कलाकारहरु सुगम पोख्रेल, मिलन अमात्य, रेखा शाह, वुक–हिलका अध्यक्ष भुपेन्द्र खड्का र प्रबन्ध निर्देशक पवन आचार्यले संयुक्त विमोचन गरेका हुन् ।
प्रबन्ध निर्देशक तथा सञ्चारकर्मी पवन आचार्यले साहित्यलाई उत्सवको रुपमा मनाउन उक्त कार्यक्रमको आयोजना गरिएको वताए ।
त्यस्तै उपन्यासकार तथा लेखक मिलन सङ्ग्रौलाले ‘च्याट-गर्ल’ कथालाई पाठकहरूले मन पराएपछि उपन्यास ‘पर्पला’ लेखेको दाबी गरे । उनका अनुसार पहिलो कृति योजनागत नै लेखेको भए पनि दोस्रोको लागि कथावस्तु थिएन ।
लेखनमा भ्याकुम नै छायो । पाठकहरूको ‘नयाँ कृति कहिले आउँदै छ ?’ भन्ने प्रश्नबीच घेरिएपछि साढे दुई वर्ष लगाएर उपन्यास ‘पर्पला’ तयार पारेको उनले सुनाए । ‘पहिलो लेख्दा त धेरै हुटहुटी र उत्साह थियो । मनबाटै लेखेँ,’ सङ्ग्रौला भने, ‘दोस्रोचाहिँ लेख्दा दिमागबाट लेख्नुपर्ने रहेछ ।’ युवाहरुलाई लक्षित गरेर त्रिकोणात्मक प्रेम कथामा उपन्यास लेखिएको बताउँदै ‘पर्पला’ अब सबैको भएकी उनले वताए ।
नायिका रिमा विश्वकर्माले सञ्चालन गरेकी उक्त कार्यक्रममा पोखरेलले ‘म यस्तो गीत गाउँछु…’ गाए । शाहले लोक फ्लेबरका पुराना ‘सैको घर कहाँ होला…’ र ‘सिमसिमे पानीमा…’ गीतको रिमिक्स भर्सन सुनाउँदा दर्शकहरू मञ्चमै नाच्न पुगे । अमात्यले रिलिज हुन बाँकी ‘मिलन संजोग’ एल्बमको ‘के सम्झ्यौ मलाई…’ गीत सुनाइन् भने फिल्म ‘नोटबुक’ को ‘गाला रातै गाला रातै…’ गीत सुनाइन् ।
पुस्तकको आवरण मोडल स्वस्तिमा खड्का हुन् भने पुस्तकको सुन्दर लेआउट तथा आवरण डिजाइन सुवर्ण हुमागाइँले गरेका हुन् । पुस्तकको मूल्य तीन सय रुपैयाँ राखिएको छ ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












