ताजा समाचार

सागर घर्तीमगरको शब्द सिर्जनामा नयाँ लोकदोहोरी गीत ‘हिमालमा हिउँ प¥यो सेतै…’ बजारमा (भिडियोसहित)

काठमाडौं । पछिल्लो समयमा नेपाली गीतसंगीतको क्षेत्रमा नयाँनयाँ प्रतिभाहरु आउन थालेका छन् । नाम र दाम कमाउने ईच्छा गरेर आउने धेरै छन् । यस क्षेत्रामा कोही छोटो समयमा नै वेपत्ता हुने गरेका छन् भने कोही भने मेहनत गरेर संगीत बजारमा स्थापित पनि भएका छन् । मुख्यत: परिश्रम गर्न सके संगीत क्षेत्रमा नाम र दाम दुवै भएको स्थापित कलाकारहरु वताउँछन् । त्यस्तै पछिल्लो संगीत क्षेत्रमा प्रवेश गरेका सुमधुर स्वरका धनी  युवा गायक हुन् सागर घर्ती मगर ।

उनले पछिल्लो पटक नयाँ लोकदोहोरी दर्शक/स्रोता माझ ल्याएका छन् । सार्थक डिजिटल म्युजिक प्रा.लि.को प्रस्तुतिमा मगरको “हिमालैमा हिउँ प¥यो सेतै” बजारमा आएको हो । मिना लामा र मगरको सुमधुर आवाज रहेको उक्त गीतमा लय जीवन पन्तको रहेको छ । शब्द भने मगरकै रहेको छ । पार्वती रार्इ र शंकर वि.सी.ले बेजोड अभिनय गरेका छन् । वि.सीकै निर्देशनमा तयार पारिएको म्युजिक भिडियोको छायांकन तथा सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् ।

हेर्नुहोस् भिडियो  

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org