कविता : आमाको गनगन
अचेल के भएको छ यो केटीलाई ?
न कोहीको पीर न कसैको सुर्ता,
पहिरन अनेक छन्,
लाउनै छाडी कुर्था ।
‘पढ्नुगुन्नु, ठूलो मान्छे हुनु,
समाचार सुन्नु, पढ्नु
देशमा कहाँ–कहाँ के–के भयो बुझ्नु ।’
यस्तैयस्तै हुन् मेरी आमाको गनगन
सधैंको गनगन !
हेर,
आमा तिमी रिसाए रिसाऊ
खुसाए खुसाऊ
तर,
म समाचार सुन्दिन।
मलाई सुन्नु छैन
हरेक दिन मान्छे मरेको खबर,
दार्इले भार्इ अनि भार्इले दाई कुटेको, मारेको खबर ।
मलाई सुन्नु छैन
आफ्नै बाबुबाट बलात्कृत छोरीको खबर,
बोक्सीको नाउँमा कुटिएकी निर्दोष आमाको खबर
दाइजोको नाउँमा जलाइएकी बुहारीको खबर ।
हो आमा,
मलाई सुन्नु छैन
म दिक्क भैसकें ।
मलाई सुन्नु छैन
झाडापखालाको औषधीको अभावमा
गरिब जनता मरेको खबर,
जनताको नाममा डाक्टर अन्सन बस्नुपरेको खबर,
कुर्सीको निहुँमा नौ–नौ महिनामा सरकार फेरिएको खबर,
देश बेचेको खबर र
व्यस्त, साघुँरो अनि ट्राफिकमा फसेको सडकको दुर्घटनाको खबर ।
सुन्यौं ? हे¥यौ ? देख्यौ ?
यस्तै छन् तिम्रा शहर ।
शहरभित्रका हरेक प्रहर यस्तै छन् ।
हरेक प्रहरका खबर
जान्ने रहर ।
खबर-खबरभित्रै बेखबर छन् यहाँ,
परिस्थिति बेथिति बनेका छन् यहाँ,
समाचारले कुविचार जन्मिएका छन् यहाँ ।
तिम्रै समाचार सुनेर-हेरेर ,
प्रेमिले प्रेमिकालाई एसिड छ्याप्न जानेको छ ।
हत्या र अपहरण गर्न
हरेकले स्नातकोत्तर गरेको छ यहाँ ।
घुसखोरी गर्न जानेको छ ।
दलाल बन्न जानेको छ ।
जालझेल गर्न जानेको छ ।
अब तिमीले गोल्ड मेडल दिनु
अनि
दीक्षान्त समारोह आयोजना गरेर
प्रमाणपत्र बुझाइदिनु।
जब एउटा बच्चा जन्मेदेखिनै
यस्तै समाचार हेरेर हुर्कन्छ।
अनि कसरी तिम्रा छोरा असल हुन्छ ?
छोरी असल हुन्छे ?
त्यसैले आमा
तिम्रो गोरो अनुहार कालो बनाएर
नाक फुलाएर
शिखर झै उच्च फैलिएको तिम्रो निधार आँखा, परेली, भृकुटी
सबै खुम्च्याएर
एकै गाँठो पारेर
आमा तिमी
रिसाए रिसाऊ
खुसाए खुसाऊ
म समाचार हेर्दै हेर्दिन,सुन्दिन ।
पुजा पराजुली,कास्की
हाल : टेक्सास, अमेरिका
यो पनि पढ्नुस् ।
http://news-nepal.com/%E0%A4%95%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A4%BE-%E0%A4%AE-%E0%A4%B8%E0%A4%82%E0%A4%B8%E0%A4%BE%E0%A4%B0-%E0%A4%A1%E0%A5%81%E0%A4%B2%E0%A5%8D%E0%A4%A8-%E0%A4%9A%E0%A4%BE%E0%A4%B9%E0%A4%A8%E0%A5%8D/
Comments
अरु समाचार
-
‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’
इलाम : यहाँको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय...
-
दुई विदेशी कलाकारका कला साताव्यापी प्रर्दशन गरिने
काठमाडौँ: ‘आन्तरिक परिदृश्य’ शीर्षकमा दुई विदेशी कलाकारका कला साताव्यापी रूपमा प्रर्दशन गरिने भएको छ । ताइवानकी चाउ मेङ येह र...
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...