कुमारको ‘सुगम’ सार्वजनिक
काठमाडौं । सुमधुर आधुनिक तथा पप गीतहरुको संगालो ‘सुगम एल्बम’ लिएर कुमार गुरुङ्ग नेपाली सांगीतिक आकाशमा उदाएका छन् । सोमबार थाहा सञ्चार नेटवर्क मार्फत् देशभरी ११० भन्दा धेरै रेडियोहरुबाट एक साथ प्रसारण हुने कार्यक्रम ‘बहकिने मन’ मार्फत् उनको एल्बम सार्वजनिक गरिएको हो । गायक तथा नायक यशकुमार र कवि रावतले संयुक्त रुपमा सुगम विमोचन गरेका हुन् ।
‘बहकिने मन’ शीर्षकको गीत बजाएर एल्बम विमोचन गरिएको उक्त कार्यक्रममा सोही एल्बमका ‘हे मायालु’ र ‘एक नदी’ बोलको गीत पनि प्रसारण गरिएको थियो । कार्यक्रमका प्रस्तोता महावीर विश्वकर्माले कुमार गुरुङ्ग, यशकुमार र रावतसँग सोही एल्बममा आधारित भएर प्रश्नोत्तर गरेका थिए ।
पोखरामा भोलाप्रसाद राईसँग शास्त्रीयमा आधारित संगीत अध्ययन गरेको दिन सम्झिँदै कुमारले आफू आत्मसन्तुष्टिको लागि सांगीतिक क्षेत्रमा लागेको बताए । कुमार गुरुङ्गसँगको १० वर्ष पुरानो चिनजान सम्झिँदै यशकुमारले कुमारको स्वर सुगम संगीतको लागि एकदमै ‘म्याच’ गर्ने विचार राखे । साथै उनले अहिले हल्काफुल्का गीतहरु चर्चित भइरहेको समयमा कुमार गुरुङ्गको उपस्थितिले सुगम संगीतलाई बलियो बनाउनेछ भन्ने आशा गरे । “कुमार गुरुङ्गलाई दोहो¥याएर विदेश जानुपर्ने अवस्था नआओस्” उनले भने “स्वदेशले नै उहाँलाई एउटा सर्जकको रुपमा स्थापित गराउँछ” ।
त्यस्तै कवि रावतले ‘सुगम’ एल्बमको गीतहरु सुन्दा बच्चामा हजुरआमाबाट लोरी सुन्दा जस्तै आनन्द लागेको बताए । “पेन किलर खाएको जस्तो महसुस भयो” उनले भने, “यसले कुमार जी को भविष्य उज्यालो छ भन्ने निश्चित गर्छ” ।
‘सुगम’मा यशकुमार, सेन्चुरी सुरेश घमाल, सिन्धुलीयन गुराँस र रेशम श्रीसले लेखेका ६ वटा गीतहरु समावेश छन् । त्यस्तै ४ वटा गीतमा कुमार आफैले सँगीत भरेका छन् भने बाँकी २ मध्ये ‘हे मायालु’मा यशकुमार र ‘हाम्रो प्रेमको’ मा दिपक शर्माले सँगीत भरेका छन् । अमर प्रेम म्युजिक प्रा.लि.ले एल्बमको बजार र वितरणको जिम्मा लिएको छ ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












