श्रीकृष्णको सम्झानामा श्वेताद्धारा सिन्धुपाल्चोकको माझी गाउँ पुनर्निर्माण अभियान
काठमाडौं, १६ जेठ । अभिनेत्री श्वेता खड्काले सिन्धुपाल्चोकको ‘माझी बस्ती’ पुनर्निर्माण अभियान थालेकी छन् । श्वेताले आफ्नो ‘श्वेता श्री’ फाउन्डेसन मार्फत माझी बस्ती निर्माण गर्न लागेकी हुन् । त्यसको लागी उनले उक्त बस्तीको शिलान्यास समेत गरेकी छन् । बस्ती पुनर्निर्माणको राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका सीइओ डा. गोविन्द पोखरेलले सोमबार शिल्यान्यास गरे ।
चलचित्रकर्मी, अतिथि र पत्रकारको एक जम्बो टोलीसहित श्वेता सोमबार बस्ती शिलान्यासका लागि माझी गाउँ पुगेकी थिइन् । बस्तीमा उनी लगायत उनको टोलीमा समावेश सबैलाई स्थानीय बासिन्दाले फूलमाला लगाएर भव्य स्वागत गरेका थिए ।
‘हाम्रो रहर, सानो घर’ मुल नारा लिएर पुगेकी श्वेताको माझी बस्तीमा ५६ वटा घर निर्माण गर्ने योजना रहेको छ । भूकम्प पछि घरबार बिहिन भएका माझी गाउँका बासिन्दा निकै कस्टकर जीवन बिताइ रहेका छन् । उनीहरुको अवस्थाको पटक पटकको अध्ययन गरेर श्वेताले आफ्नो ‘श्वेता श्री’ फाउन्डेशन मार्फत सहयोग गर्न लागेको बताईन् ।
कार्यक्रममा अभिनेत्री श्वेताले स्वर्गिय पती अभिनेता श्रीकृष्णको तस्बिर छुदै पुरै बस्ती निर्माण र हस्तान्तरण पछि आफुलाई खुसी मिल्ने बताइन् । ‘ पती श्रीकृष्णले नै मलाई समाज सेवामा अग्रसर गराएका हुन्’ उनले भनिन् ‘उहाँको समाजसेवा चहाना पुर गर्न आफुले बस्ति निर्माणमा हात बढाएकी हुँ ।’
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











