गायिका राधिका हमाल कांग्रेसको तर्फबाट गाउँपालिका उपप्रमुखको उम्मेदवार
रोल्पा, १९ जेठ । नेपाली काँग्रेस रोल्पाले चर्चित गायिका राधिका हमाललाई त्रिवेणी गाउँपालिकाको उपप्रमुखको उम्मेदवार बनाएको छ । स्थानीय तह अन्तर्गत दोस्रो चरणको निर्वाचनको लागी काँग्रेसले रोल्पाबाट कलाकारदेखि पत्रकारसम्मलाई उम्मेदवार बनाएको छ । कांग्रेसले जिल्लाको १० वटै स्थानीय तह उम्मेदवारको अन्तिम टुंगो लगाउँदै कलाकारदेखि पत्रकारसम्मलाई भिडाउने निर्णय गरेको हो ।
कलाकारदेखि पत्रकारसम्मलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसले चर्चित लोकदोहोरी गायिका हमाललाई पनि गाउँपालिका उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसतर्फबाट उम्मेदवार बनेकी हमालले यसबारे कुनै प्रतिक्रिया दिएकी छैनन् ।
गायिकालाई उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसले गाउँपालिका अध्यक्षमा भने कमल बुढालाई उठाउने निर्णय गरेको छ ।पार्टीले जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकामा पूर्वसांसद लेखनाथ आचार्यलाई नगरप्रमुखमा उम्मेदवार बनाउने भएको छ । यसैगरी, नगरपालिकाको उपप्रमुखमा मिश्री हमालले उम्मेदवारी दिने भएकी छन् ।
सुवर्णावती गाउँपालिकाको अध्यक्षमा शेरबहादुर महरा र उपाध्यक्षमा कविता उपाध्यायलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ । लुङ्ग्री गाउँपालिकाको अध्यक्षमा दुर्गाबहादुर खड्का र उपाध्यक्षमा भीमकली बुढाथोकीले उम्मेदवारी दिने भएका छन् ।
यसैगरी, माडी गाउँपालिकाको अध्यक्षमा गोपाल घर्तीमगर र उपाध्यक्षमा गोठी खत्रीलाई उठाउने तयारी भएको छ । सुनछहरी गाउँपालिकामा दुर्गे बुढालाई अध्यक्ष र सरु पुनलाई उपाध्यक्ष, दुईखोली गाउँपालिकाको अध्यक्षमा झक्कुप्रसाद घर्तीमगर र उपाध्यक्षमा लक्ष्मी डाँगी, सकिदह गाउँपालिकाको अध्यक्षमा हरिबहादुर पुन र उपाध्यक्षमा अमृताकुमारी केसीले उम्मेदवारी दिने भएका छन् ।
रुन्टिगढी गाउँपालिकाको अध्यक्षमा टेकबहादुर बस्नेत, उपाध्यक्षमा सरिता केसी र थवाङ गाउँपालिकाको अध्यक्षमा बमबहादुर रोका र उपाध्यक्षमा श्रीकुमारी रोकाले उम्मेदवारी दिने भएका छन् ।
जिल्लामा नेकपा एमालेले यसअघि नै सम्पूर्ण स्थानको उम्मेदवारी घोषणा गरिसकेको छ भने माओवादी केन्द्रले सुवर्णावती गाउँपालिकामा आकाङ्क्षी धेरै देखिएपछि उम्मेदवारी टुङ्ग्याउन सकेको थिएन । सो पार्टीले समेत मतदान गरी उम्मेदवार टुङ्गो लगाइसकेको बताइएको छ ।
जिल्लामा मुख्य तीन राजनीतिक दलका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा (माले), नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल, सङ्घीय समाजवादी फोरम लगायतका दलले चुनाव चिह्न लिई दलको हैसियतबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् भने नयाँ शक्ति नेपाल, देशभक्त सङ्घीय जनगणतान्त्रिक मोर्चा, पूर्वराष्ट्रसेवक पार्टीलगायतले स्वतन्त्र हैसियतबाट उमेदवारी दिने भएका छन् ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












