माधव नेपालले कोमल वलीलाई भने, स्वाट्टै एकैचोटी किन राप्रपामा गएकी ?
काठमाडौं, २५ जेठ । गायिका एवं राप्रपाकी केन्द्रीय सदस्य कोमल वलीले पूर्वप्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेकी छन् । नेपाललाई भेट्न वली बिहीबार बिहानै उनको घरैमा पुगेकी थिईन् ।
अचानक माधव नेपालसँग भेट्नुलाई वलीले ‘राजनीतिक भेटघाट’ भएको दाबी गरेकी छन् । राप्रपा केन्द्रीय सदस्यमा विजयी भएपछि उनलाई पहिलो बधाई दिने ब्यक्ति माधव नेपाल थिए । उनले कोमललाई बधाई दिँदै भनेका थिए ‘राजनीतिक संसारमा तपाईलाई स्वागत छ, तपाईजस्तो संगीत क्षेत्रमा नाम चम्काउनुभएको मान्छेले राजनीतिमा पनि नाम उचो बनाउनुपर्छ ।’
त्यसो त आफूलाई निर्वाचन आयोगविरुद्ध गरेको आन्दोलनमा चोट लागेका बेला पनि फोन गरेर नेपालले उनको स्वास्थ्य स्थितिबारे जानकारी लिएको कोमलले बताएकी थिईन् । वलीले भनिन् ‘यसकारण पनि म उहाँलाई भेटेरै धन्यवाद दिन आतुर थिएँ ।’
विहीबारको भेटमा नेता नेपालले आफूलाई राप्रपामा किन गएको भनी प्रश्न गरेको वलीले बताइन् । नेता नेपालले ‘तपाईं त हामीलाई थाहै नदिई स्वाट्टै राप्रपामा किन जानुभयो’ भनेर प्रश्न गरेको उनले बताइन् । नेता नेपालको प्रश्नको जवाफमा कोमलले आफू राप्रपाको सिद्धान्तबाट प्रभावित भएको बताएकी थिइन् ।
नेता नेपालसँगको भेटमा तराईको समस्या समाधान र राष्ट्रियताका विषय अनि संविधान संशोधनका विषयमा पनि कुरा भएको कोमलले बताइन् । करिब एक घण्टासम्म नेता नेपालसँग कुराकानी गरेकी कोमलले माधव नेपालको प्रसंशा गर्दै भनिन् ‘उहाँले मेरी आमा बिरामी भएको समेत जानकारी राख्नुभएको रहेछ । आमाको राम्रो ख्याल गर्नू भन्नुभयो ।’
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











