१८ वर्षे पप स्टारको उत्तेजक नृत्य रोक्न प्रधानमन्त्रीद्धारा सेनालाई निर्देशन
काठमाडौं, ५ असार । थाइल्याण्डकी टिन पप स्टारको भद्दा ‘डान्स’ रोक्न प्रधानमन्त्रीले सेना नै पठाएको छ । १८ वर्षीया लाम्याई हाइथोन्गखाम उनको उत्तेजक डान्स रोक्न प्रधानमनत्रीले सेनालाई निर्देशन दिएका हुन् । उनी आफ्नो उत्तेजक डान्सका कारण कारण चर्चित छिन् । उनका ‘सेक्सी मुभ’ ले उनलाई देशैभरी परिचित बनाएको छ ।
उनका अनलाइनमा उपलब्ध भिडियोलाई लाखौंले हेर्ने गर्दछन् । थाई संस्कृतिमा उनले सनसनी नै मच्चाएकी छिन् । उनको नृत्यले थाइल्याण्डमा यतिधेरै खैलाबैला मच्चाएको छ कि थाइल्याण्डका नेताले उनले आफ्नो शरिर ढाक्नुपर्ने र साधारण नृत्य प्रस्तुत गर्नुपर्ने माग राखेका छन् । एफपी न्यूज एजेन्सीका अनुसार प्रयुत चान–ओ–चाले उनीविरुद्ध अभियान थालेका छन् ।
थाइल्याण्डको सेना जुन्ताको नेतृत्व गरिरहेका प्रयुतले ती पप स्टारको आलोचना गर्नका लागि गत हप्ता तीनवटा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । उनले भने, ‘उनी यसरी नाच्छिन् कि उनले हाउभाउमार्फत नै आफ्नो सबै गोप्य अंगको प्रदर्शन गरिसक्छिन् ।’
‘म यो विषयमा कुरा गर्न चाहन्नँ, मानिसहरुले मलाई पागल भन्लान् तर यो समस्यालाई समाधान गर्न सबैको सहयोग चाहन्छु ।’ विदेशी प्रभावमा परेर थाइल्याण्डमा विकृति भित्रिएको उनले आरोप लगाएका छन् । लाम्याईको नृत्यलाई मर्यादित बनाउन राजनीतिक दबाब आउन थालेपछि उनको नृत्य कम उच्छृङ्खल हुने अनुमान गरिएको छ ।
उनका म्यानेजरले एफपीलाई भने, ‘प्रधानमन्त्रीले समेत उनको नाम दिएपछि अब हामीले उनको नृत्यलाई संयमित बनाउने र उनको पहिरनमा पनि विशेष ध्यान दिने तयारीमा छौं ।’
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए नयाँ गित (भिडियोसहित)
काठमाडाैं । चर्चित गायक घमेस दुलाल र रिता कुलुको आवाजमा मत पलास बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। पुकार...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...












