हरिवंश आचार्यले सार्वजनिक गरे अमेरिकन जेठी बुहारीसहित सपरिवारको तस्बिर
काठमाडौं, २८ असार । कलाकार हरिवंश आचार्यले सामाजिक सञ्जालमा एक रोचक तस्बिर सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो सपरिवारको रोचक फोटो पोष्ट गरेका हुन् । जीवनकालमा दुईवटा विवाह गरेका हरिवंशले आफ्नी श्रीमती रमिला र दुवै छोरा बुहारीको फोटो फेसबुकमा अपलोड गरेका हुन् ।
उनले सन् १९८३ मा मिरा आचार्य र सन् २०११ मा रमिला पाठकसँग विहे गरेका थिए । आठ वर्षअघि जेठी श्रीमती मिराको असमायिक निधन भएपछि हरिवंश शोकमा परे । मिराबाट दुई छोरा थिए, त्रिलोक र मोहितवंश । दुवै अविवाहित भएकाले छोराहरूको आग्रहमा हरिवंशले रमिलासँग दोस्रो विवाह गरे ।
पिताले दोस्रो विवाह गरेलगत्तै त्रिलोकले अमेरिकी युवती जोई लेभेस्कसँग विवाह गरे । अमेरिकामा क्रिस्चियन परम्परा र नेपालमा हिन्दु संस्कार गरी त्रिलोकले जोई लेभेस्कलाई घर भित्र्याए । हरिवंशका कान्छा छोरा मोहितवंशले हालै काभ्रेकी विन्दु थापासँग विवाह गरेका छन् । सात वर्षभित्र हरिवंश आचार्यको घरमा तीनवटा विवाह भएपछि अहिले ६ जनाको पूर्ण परिवार भएको छ ।
कान्छो छोरा मोहितवंशको विवाहमा जेठो छोरा र बुहारी नेपाल आएका बेला हरिवंशले सपरिवार बसेर खिचाएको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । तस्बिरमा हरिवंश र उनकी श्रीमती रमिला कुर्सीमा बसेका छन् भने दुई छोरा बुहारी उभिएका छन् । त्रिलोककी श्रीमती जोई लेभेस्क रातो सारी चोलामा निकै आकर्षक देखिएकी छन् ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











